साताको पहिलो दिन आइतवार नेप्से परिसूचक १०५.५५ अंकले बढेको छ ।
गत साता डेढ सय अंक भन्दा बढीले घटेको शेयर बजार आइतवार भने पुनः बढ्न शुरू गरेको हो ।
आइतवार शेयर देखिएको सबै समूहहरूको सूचक हरियालीले लगानीकर्तालाई उत्साहित बनाएको छ । नेप्से परिसूचक आइतवार ३.८० प्रतिशतले बढ्दा २८८५.५३ अंकमा पुगेको छ ।
गत साता २९ सय अंकमाथि पुगेको शेयर बजार पुनः उकालो यात्रामा लाग्ने संकेत यो साताको पहिलो दिनको कारोबारले देखाएको छ । बजार बढेको दिन विन नेपाल लघुवित्त वित्तीय संस्था, लिवर्टी इनर्जी कम्पनी, ...