नेपालमा पछिल्लो २४ घण्टामा ५ सय ९६ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । १२ हजार ४०४ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट ५६५ तथा एन्टिजेन विधिबाट १३ जनामा संक्रमण पुष्टि भएको हो ।नेपालमा हाल १५ हजार २४ जना सक्रिय संक्रमित रहेका छन् । यसमध्ये १३ हजार ८५९ जना होम आइसोलेसन, १ हजार १६५ जना संस्थागत आइसोलेसन, ३२२ जना आईसीयू तथा ११३ जना भेन्टिलेटरमा रहेका छन् ।यही अवधिमा थप ८७१ जना संक्रमणमुक्त भएका छन् । नेपाल हालसम्म कूल संक्रमितमध्ये ७ लाख ७५ हजार ९४३ जना निको भइसकेका छन् । नेपालमा निको