२०७९ वैशाख ३० गते स्थानीय तह निर्वाचन गर्दा आफ्नो ५ वर्षे कार्यकाल पूरा नहुने भन्दै एक मेयरले दायर गरेको रिट सर्वोच्च अदालतले दरपीठ गरिदिएको छ ।
निर्वाचन मिति बदर गराउन माग गर्दै महोत्तरीको भंगहा नगरपालिकाका प्रमुख सञ्जीवकुमार साहले दायर गरेको रिट बुधवार सर्वोच्च अदालतले दरपीठ गरिदिएको हो ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र निर्वाचन आयोग समेतलाई विपक्षी बनाएर दायर रिटमा साहले संविधानले तोकेको आफ्नो कार्यकाल घटाउन नमिल्ने जिकिर गरेका थिए ।
'म निवेदकले नगर प्रमुखको पदबाट राजीनामा पनि गरेको छैन,...