रौतहट प्रहरी प्रमुख एसपी विनोद घिमिरेले गाउँ गाउँमा मेलाको आयोजना गरेर मनोरञ्जनको नाउँमा अर्धनग्न नाच गराउने जनप्रतिनिधिलाई पनि कारबाहीको दायरामा ल्याउन पछि नपर्ने चेतावनी दिएका छन् । चाडपर्वमा गरिएको सुरक्षा योजनाबारे जानकारी दिँदै घिमिरेले रौतहट लगायत तराईका जिल्लाहरूमा भारत र नेपालको विभिन्न स्थानबाट महिला ल्याएर मेलाहरूमा गराउने अर्धनग्न नाचले समाजमा विकृति फैलिने भएकाले त्यस्तो गतिविधि नियन्त्रण गरिने बताएका हुन् । कुनै पनि स्थानमा मेला, नाच, कुस्ती तथा अन्य कुनै समारोह गर्दा