कार्डबाटै मोबाइल रिचार्ज गर्नेको संख्या ५२ प्रतिशत : टेलिकम

आजभोलि धेरैले मोबाइल वालेट वा बैंकिङ एप प्रयोग गरी विद्युतीय माध्यमबाट मोबाइल फोनको रिचार्ज (टप अप) गर्ने गरेको पाइन्छ । नेपाल टेलिकमका कुल ग्राहकमध्ये ५२ प्रतिशतले अझै पनि पसलमा गएर रिजार्ज कार्ड किनेर त्यसबाटै फोनमा पैसा हाल्ने गरेको पाइएको छ । अधिकांशले कागजी माध्यम रोज्ने भएकाले ती ग्राहकलाई लक्षित गर्दै कम्पनीले हाल कार्डबाटै मोबाइल रिचार्ज गर्ने ग्राहकलाई बोनस डाटा उपलब्ध गराउने भएको छ ।

सम्बन्धित सामग्री

मोबाइल रिचार्जमा डाटा बोनस दिदै नेपाल टेलिकम

नेपाल टेलिकमले कम्पनीका रिचार्ज कार्डबाट आफ्नो मोबाइल रिचार्ज (टपअप) गरे वापत ग्राहकहरुलाई बोनस डाटा उपलब्ध गराउने भएको छ । ग्राहकले २००, ५०० र १ हजार रूपैयाँ दरका रिचार्ज कार्ड प्रयोग गरी मोबाइल रिचार्ज गर्दा कम्पनीले सो अफर उपलब्ध गराउने भएको हो ।  रु. २०० को रिचार्ज कार्ड प्रयोग गर्दा यस वापत १ दिन प्रयोग गर्न सकिने १ जीबी डाटा र रु. ५०० को रिचार्ज कार्ड प्रयोग गर्दा यस...

नेपाल टेलिकमको ४२ प्रतिशत रिचार्ज डिजिटलबाट

मुलुकमा कोरोना संक्रमणले डिजिटल भुक्तानी वृद्धि भइरहेको बेला मोबाइल टपअपमा पनि यसको प्रभाव परेको छ। रिचार्जकार्डबाट टपअप धेरै भइरहेको बेला नेपाल टेलिकमको मोबाइल रिचार्ज विद्युतीय माध्यबाट बढ्न थालेको छ । टेलिकमका अनुसार अहिले डिजिटल टपअप ४२ प्रतिशत पुगेको छ ।  सोमबार पत्रकार भेटघाट कार्यक्रममा नेपाल टेलिकम प्रवक्ता राजेश जोशीले विद्यूूतीय टपअपलाई प्राथमिकतामा...

अवैध बिटक्वाइनबाट नेपालका मोबाइल रिचार्ज - Naya Patrika

बिटक्वाइनको वालेटबाट सीधै रिचार्ज हुन्छन् नेपालका मोबाइल नम्बर – नेपालमा अवैध बिटक्वाइनबाट टेलिकम कम्पनीका मोबाइल फोनमा रिचार्ज हुने गरेको तथ्य खुलेको छ । बिटक्वाइनका सबैजसो वालेटबाट नेपाल टेलिकम, एनसेल, स्मार्टसेल,...पूरा पढ्नुहोस् »

नेपाल टेलिकमको 'तिहार अफर'

नेपाल टेलिकमले महत्वपूर्ण चाड तिहारको अवसरमा विभिन्न सेवामा छुट दिने भएको छ। टेलिकमले जिएसएम र सिडिएमए प्रिपेड मोबाइल रिचार्ज गर्दा १० प्रतिशत बोनस उपलब्ध गराउने जनाएको छ। सो योजना बुधबारदेखि आगामी शुक्रबारसम्म उपलब्ध हुने टेलिकम प्रवक्ता प्रतिभा वैद्यले जानकारी दिए।