फुङ्लिङ । सीमान्तकृत वालुङ समुदायले मनाउने सांस्कृतिक पर्व फुटुक भव्यरुपमा मनाइँदै छ । दसैँको कोजाग्रत पूर्णिमाको पञ्चमी तिथिदेखि तिहारको औँसी (लक्ष्मी पूजा) का दिनसम्म मानाइने यो पर्वको रौनक ओलाङचुगोलामा मात्र देखिन्छ।
फुङ्लिङ : ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–७ हिमाली बस्ती ओलाङचुङगोलामा वालुङ समुदायले मात्र मनाउने फुटुक पर्व यस वर्ष पनि धुमधामका साथ मनाएका छन्। कृष्णपक्षको द्वितीयादेखि शुरु हुने पर्व औँसीका दिन समापन गरिन्छ।यो पर्व परापूर्वकालदेखि ताप्लेजुङको ओलाङचुङगोलाका वालुङ समुदायले मनाउँदै आएका छन्। पर्व अवलोकनका लागि विदेशी पाहुनासमेत यहाँ आएका पर्व कार्यक्रम संयोजक टासी शेर्पाले बताए। उनका अनुसार बेल्जियमबाट ५ जना आएका थिए।‘अघिल्लो वर्ष एक जना आउनुभएको थियो। उहाँलाई यो पर्व मन परेपछि यस