बझाङ – बझाङमा मतगणना सुरु भएको छ । गएको आइतवार भएको प्रतिनिधि सभा र प्रदेश सभा चुनावको मतगणना आज मङ्गलवार दिउँसोदेखि सुरु भएको हो । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार आठ ठाउँमा मतगणना सुरु भएको हो ।
बझाङबाट प्रतिनिधि सभा सदस्यका सात जनाको उम्मेदवारी रहेको छ । नेकपा एमालेबाट ऐनबहादुर महर उम्मेदवार रहँदा सत्ता गठबन्धनबाट नेकपा एकीकृत समाजवादीका भानुभक्त जोशी प्रतिस्पर्धामा हुनुहुन्छ । त्यस्तै राप्रपाका विश्वप्रकाश जेठारा, राष्ट्रिय स्वतन्त्र पार्टीका प्रेमराज जोशी, जसपा नेपालका रामबहादुर जाग्री र दुई ज...