वीरगञ्ज : वीरगञ्ज नाकामा सञ्चालित ‘हेल्थ डेस्क’मा गरिएको एन्टिजेन परीक्षणमा दुई व्यक्तिमा कोरोना सङ्क्रमण भेटिएको छ। उनीहरु दुवै जनामा कोरोनाको नयाँ भेरिएन्ट 'जेएन.१' को सङ्क्रमण भेटिएको प्रयोगशाला प्राविधिक निशा साहले जानकारी दिइन्।साहका अनुसार आज एक जना नेपाली र बुधबार एक जना भारतीय नागरिकमा कोरोना सङ्क्रमण भेटिएको हो। नेपाल–भारत सीमास्थित नाकाको हेल्थ डेस्कमा बुधबार र बिहीबार करिब एक सयभन्दा बढी व्यक्तिमा एन्टिजेन परीक्षण गरिएको थियो। कोरोना सङ्क्रमण पुष्टि दुवै