काठमाडौं । नेकपा एमालेले कोरोना भाइरस नियन्त्रण तथा रोकथाममा सिंगो पार्टीपंक्तिलाई एकढिक्का भएर लाग्न निर्देशन दिएको छ । आइतबार बालुवाटारमा बसेको नेकपा एमालेको १० औँ राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको आकस्मिक बैठकमा प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओलीले बढ्दो कोरोना संक्रमणबारे ब्रिफिङ गर्दै कोरोनाविरुद्धको लडाइँमा केन्द्रदेखि स्थानीय तहसम्मका नेता कार्यकर्तालाई लाग्न निर्देशन दिएका हुन् ।बैठकमा प्रधानमन्त्री ओलीले नेपालमा कोरोना भाइरसको ‘ट्रिपल म्युटेन्ट’को समेत आशंका गरिए