काठमाण्डाै – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड–माधव समूहले भागबन्डाका आधारमा ६८ जिल्लाको नेतृत्व चयन गरेको छ । पूर्वमाओवादी समूहले ३५ र पूर्वएमाले समूहले ३३ जिल्लामा नेतृत्व पाएको छ ।प्रचण्ड–माधव समूहले ६८ जिल्लाका अध्यक्ष र सचिव टुङ्गो लगाएको हो । अब नौ जिल्लामा नेतृत्व चयन गर्न बाँकी छ । प्रधानमन्त्री केपी शर्मा ओलीले गएको पुस ५ गते प्रतिनिधि सभा विघटन गरेपछि नेकपा दुई समूहमा विभाजित भएको छ ।यसअघि नेकपा प्रचण्ड–नेपाल समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालबीच ५०/५० प्र...