धनगढी : प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो उम्मेदवारीविरुद्ध परेको उजुरीबारे मंगलबारभित्र प्रस्टीकरण दिनुपर्ने भएको छ।सोमबार देउवाको उम्मेदवारीविरुद्ध मुख्य निर्वाचन अधिकृतको कार्यालय डडेल्धुरामा उजुरी परेको छ।देउवाका चुनावी प्रतिस्पर्धी उम्मेदवार नेपाली कांग्रेस बीपीका कर्णबहादुर मल्लले उजुरी जाहेर गरेका हुन्। मल्लले देउवाको नेपाली नागरिकताको प्रतिलिपि र मतदाता नामावलीमा फरक/फरक जन्ममिति रहेको भन्दै उजुरी पेश गरेका हुन्। देउवाको नागरिकतामा जन्ममिति विक्रम संवत् २