रामेछापमा जीप दुर्घटना हुँदा ९ जना घाइते, ३ को अवस्था गम्भीर

रामेछाप – रामेछाप जिल्लाको उमाकुण्ड गाउँपालिका–६ भुजीमा शनिवार दिउँसो जीप दुर्घटना हुँदा जीपमा सवार नौ जना घाइते भएका छन् । घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको छ । जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार लिखु तामाकोशी गाउँपालिका–१ दुरागाउँवाट उमाकुण्ड गाउँपालिकाको भुजीतर्फ जाँदै गरेको बा ११ च ७५१२ नम्बरको जीप भुजीको एकराते पहरा फास्तुमा दुर्घटनामा परेको हो । कच्ची सडकको मोडबाट जीप अनियन्त्रित भई करिब ५० मिटर तल भिरमा खसेको छ । गाडीमा यात्रा गर्ने सबै जना घाइते भएक...

सम्बन्धित सामग्री

दैलेखमा जीप दुर्घटना हुँदा ९ जना घाइते, दुईको अवस्था गम्भीर

सुर्खेत । दैलेखमा जीप दुर्घटना हुँदा ९ जना घाइते भएका छन् । शुक्रवार दैलेख सदरमुकामबाट नौमुलेका लागि छुटेको कर्णाली प्रदेश ०२००१ च ०७८७ नम्बरको जीप नारायण नगरपालिका-५ धितामा जीप दुर्घटना हुँदा ९ जना घाइते भएका हुन् । ९ जना घाइते मध्ये २ जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी नायब उपरीक्षक सुनिल दाहाल […]

पाँचथरमा पिकअप दुर्घटना हुँदा एक जनाकाे ज्यान गयाे, ९ जना घाइते

पाँचथर – पाँचथरकाे फिदिम-११ चम्पेटारमा जीप दुर्घटना हुँदा एक जनाको ज्यान गएकाे छ।  फालेलुङ-८ लुवाफुबाट सदरमुकाम फिदिमका लागि छुटेकाे मे १ ज २९५८ नम्बरको जीप आज बिहान दुर्घटनामा परेकाे हाे । दुर्घटनामा पाँचथरकाे फालेलुङ गाउँपालिका-८ का ३० वर्षीय साजन केरुङको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ।  दुर्घटनामा चालक छविअधिकारीसहित ९ जना घाइते भएका छन् । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ । घाइते तीन जनालाई उपचारका लागि झापा रेफर ...

प्युठानमा जीप दुर्घटना हुँदा ९ जना घाइते, १ को अवस्था गम्भिर

काठमाडौँ । प्यूठानमा जीप दुर्घटना हुँदा ९ जना घाइते भएका छन् । दाङको भालुवाङबाट प्यूठान बाग्दुला तर्फ जादै गरेको लु २ ख ३५६९ नम्बरको गाडी सरुमारानी गाउँपालिका–४ कुडुलेमा दुर्घटना भएको हो । घाइतेमध्ये १ जनाको अबस्था गम्भीर छ भने अन्य ८ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ । घाइतेहरुलाई उद्धारपछि ६ जनालाई […]

जाजरकोटमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु

जिल्लाको जुनीचाँदे गाउँपालिका ५ गर्खाकोटमा जीप दुर्घटना हुँदा २ जनाको घटनास्थलमै मृत्यु भएको छ भने ९ जना घाइते भएका छन् । घाइतेमध्ये ५ जनाको अवस्था गम्भीर रहेको छ भने ४ जनाको अवस्था समान्य रहेको जुनीचाँदे गाउँपालिकाका प्रवक्ता एवं वडा नं २ का वडाध्यक्ष रामबहादुर नेपालीले जानकारी दिए ।