टीबीसी स्टार्टअप फेस्ट– २०२३ सम्पन्न - NepaliPatra

काठमाडौँ। द ब्रिटिस कलेज (टीबीसी) स्टार्टअप फेस्ट– २०२३ सम्पन्न भएको छ। आइतबार हिमालय होटलमा भएको प्रतियोगिताको फाइनलमा उत्कृष्ट तीन टिमहरुलाई विजयी घोषणा गरिएको हो। टीबीसी इन्क्युबेशन सेन्टरले शुक्रबारबाट सुरु गरेको प्रतियोगितामा शीर्ष १० टिमले आ–आफ्नो विचारहरु राखेका थिए। सबैभन्दा राम्रो विचार प्रस्तुत गर्ने ‘कम्पोस्टिङ द एक्सपान्डेड पोलिस्टिरिन (स्टाइरोफोम)’ टोलीले पहिलो स्थान हाँसिल गर्यो। रधिक थापाको […]

सम्बन्धित सामग्री

ब्रिटिस कलेजद्वारा इन्क्युबेशन सेन्टरको शुरुआत

काठमाडौं । थापाथलीस्थित द ब्रिटिस कलेज (टीबीसी)ले इन्क्युबेशन सेन्टरको शुरुआत गरेको छ । नवप्रवर्तन र उदयमान स्टार्टअपहरूलाई बढावा दिन र उद्यमीहरूलाई अझै सशक्त बनाउनका लागि ब्रिटिस एजुकेशन ग्रुप अन्तर्गतको ब्रिटिस कलेजले बिहीवार आधिकारिक रुपमा इन्क्युबेशन सेन्टरको शुरुआत गरेको हो ।  कलेज हातामा रहेको इन्क्युबेशन सेन्टरले सेवा तथा स्रोत÷साधनहरूको क्षेत्रमा काम गर्नेछ, जसले स्रोत तथा साधनहरूको उपलब्धतासँगै विशेष कार्यक्रमहरू, कार्यशाला गोष्ठी, बिजनेस नेटवर्किङको अवसर लगायतका सेवाहरू प्रदान गर्नेछ । सेन्टरले उद्यमीहरूलाई सहयोग गर्नको लागि सल्लाहकारहरू, विभिन्न पक्षहरूसँग समन्वय गर्ने अवसर, व्यापारिक समूहबीचको समन्वय वृद्धि तथा कार्यक्रम गर्नको लागि स्थान उपलब्ध गराउनेछ ।  इन्क्युबेशन सेन्टरको अनावरण कार्यक्रममा कलेजका डेप्यूटी प्रिन्सिपल डा. प्याट्रिक म्याकक्रुडनले स्वागत मन्तव्य राखेका थिए । त्यस्तै, इन्क्युबेशन सेन्टरका लिड सुबोध रुपाखेतीले पनि आफ्ना भनाईहरू राखेका थिए ।  रूपाखेतीले आगामी वर्षको लागि सेन्टरको योजना तथा कार्यक्रमहरूसँगै यसको विस्तार योजनाको रूपरेखा पनि प्रस्तुत गरेका थिए । कलेजले वार्षिकरूपमा आयोजना गर्दै आएको ‘टीबीसी स्टार्टअप फेस्ट’ पनि यसै सेन्टरअन्र्तगत पर्ने उनको भनाइ छ । इन्क्युबेशन सेन्टरमा मुख्यतः विज्ञहरू हुनेछन्, जसमा सबैलाई समेटेर विकसित डिजिटल परिदृश्यमा स्टार्टअपहरूको सुरक्षा र प्रत्याभूतिको सुनिश्चिताका लागि मिलेर काम गरिन्छ । यसबारेमा थप व्याख्या गर्दै रूपाखेतीले भने, ‘हामी उद्यमीहरू, स्टार्टअपहरू र व्यवसायहरूलाई सदस्यता लिनको लागि, इन्क्युबेशन कार्यक्रमहरू, तथा इन्टर्नशिपको अवसरहरूको लागि आमन्त्रित गर्छौं साथै, अगाडि बढ्न र ब्यवसायको विकास गर्न खोजिरहेका व्यवसायीहरूसँग सहकार्यको लागि पनि तयार छौं ।’ कार्यक्रममा गुगलको प्रोडक्ट म्यानेजमेन्टको प्रमुख भएर काम गरिसकेका जोन पार्क तथा टीबीसीका पूर्व छात्र तथा फेल्ट एण्ड यार्न प्रा.लि.का संस्थापक सुनिता शेर्पाले आफ्ना भनाईहरू राखेका थिए । कार्यक्रमको उद्घाटन गरेका कलेजका संस्थापक तथा सीईओ राजन कँडेलले कार्यक्रमको समापन पनि गरेका थिए । समापन मन्तब्य राख्दै कँडेलले भने, ‘इन्क्युबेशन सेन्टरको शुरुआतले उद्यमशीलता र नवप्रवर्तनको क्षेत्रमा एक महत्त्वपूर्ण कोसेढुङ्गाको प्रतिनिधित्व गरेको छ । यस कदमले आकांक्षी उद्यमीहरूको विचारहरूलाई सफल व्यवसायमा रूपान्तरण गर्न सहयोग गर्ने हामीलाई विश्वास छ ।’

टीबीसी स्टार्टअप फेस्ट–२०२३ सम्पन्न

काठमाडौ‌ं । द ब्रिटिस कलेज (टीबीसी) स्टार्टअप फेस्ट–२०२३ सम्पन्न भएको छ । हिमालय होटलमा आइतबार सम्पन्न प्रतियोगितामा ‘कम्पोस्टिङ द एक्सपान्डेड पोलिस्टिरिन (स्टाइरोफोम)’ टिम प्रथम, ‘टिम हार्वेस्ट ग्रो इन्भेस्टमेन्ट’ दोस्रो र ‘बायो–इन्जाइम’ टिम तेस्रो भएको आयोजकले जनाएको छ । पहिलो हुने टिमको नेतृत्व रधिक थापाले गरेका थिए । यो टिमले ‘रिसाइकल एण्ड स्टाइरोफोम युजिङ मिलवर्मस् एज […]