कोशी प्रदेशमा स्वास्थ्यतर्फ ठूलो संख्यामा रोजगारीको अवसर

लोकसेवा आयोग कोशी प्रदेशले स्वास्थ्यतर्फ विभिन्न पदमा ठूलो संख्यामा कर्मचारी माग गरेको छ। सोमबार सूचना प्रकाशित गर्दै प्रदेश लोकसेवा आयोग कोशी प्रदेशले प्राविधिक तथा अप्राविधिक तर्फ अन्तर स्थानीय तह, खुला तथा समावेशी प्रतियोगितात्मक लिखित परीक्षाका लागि दरखास्त आह्वान गरेको हो।

सम्बन्धित सामग्री

उपराष्ट्रपति यादवसँग भेट गरे यूएईका राजदूत अल-शाम्सीले

काठमाडौँ : उपराष्ट्रपति रामसहायप्रसाद यादवले ठूलो संख्यामा नेपाली श्रमिकलाई रोजगारीको अवसर उपलब्ध गराएकामा संयुक्त अरब इमिरेट्स (यूएई) सरकारप्रति आभार प्रकट गरेका छन्। उपराष्ट्रपति कार्यालय लैनचौरमा आज (मंगलवार) नेपालका लागि यूएईका राजदूत अब्दुल्ला सइद मुबारक जरवान अल-शाम्सीसँगको भेटमा उनले यूएईले स्वास्थ्य, शिक्षा, अन्तरिक्ष प्रविधि, ऊर्जा, कृत्रिम बौद्धिकता र नवप्रवर्तनलगायत क्षेत्रमा हासिल गरेको प्रगतिका लागि बधाई दिए। ‘नेपालले यूएईको मानव संशाधनको आवश्यकता पूर्तिमा योगदान पुर

विप्रेषण आप्रवाह घटे अर्थतन्त्र धराशयी हुन्छ ?

वैदेशिक रोजगारीका क्रममा भित्रिएको विप्रेषणबाट देशको अर्थतन्त्र चलायमान भइरहेको छ । तर, विदेशी भूमिमा ज्यान गुमाउने नेपालीहरूको संख्या पनि दिन प्रतिदिन बढ्दै गएको छ । विदेशी मुलुकप्रतिको निर्भरता बढ्दै गएको देखिन्छ । विप्रेषणबाट विदेशी मुद्रा कमाउन सकिन्छ यो कुरा सत्य हो । यसबाट विदेशी मुद्राको सञ्चिति पनि बढाउन सकिन्छ । तर, विगतको कोभिड–१९ ले यसो नहुन सक्ने तथ्य पनि देखाइदिएको छ । कोरोनाको असर पर्यटनमा पनि पर्‍यो । त्यसबाट विदेशी मुद्रामा चाप पर्‍यो । आयात नघट्दा अर्थतन्त्रमा चौतर्फी दबाब सृजना भयो । विप्रेषण भनेको परिर्वत्य वा अपरिवत्र्य विदेशी मुद्राको आप्रवाह अर्थात् राष्ट्रिय तथा अन्तरराष्ट्रिय क्षेत्रमा हुने रकमान्तर वा स्थानान्तरण नै हो । यसले विगतमा कुल गार्हस्थ्य उत्पादनको करीब ३० प्रतिशत बराबरको हिस्सा ओगटेको छ । कोभिडको असर र अन्तरराष्ट्रिय आर्थिक मन्दी पछि यो हिस्सा करीब २१ प्रतिशतमा झरेको थियो । अर्थतन्त्रमा विप्रेषणको निर्भरता हेर्दा नेपाल विश्वको ५ र्औ मुलुकमा पर्छ । यसले नेपालको अर्थतन्त्र विप्रेषणमा निर्भर छ भन्ने देखाउँछ । विप्रेषण आप्रवाह कम भयो भने अर्थतन्त्र धराशयी हुन्छ त ? भन्ने प्रश्न आम व्यक्तिमा उब्जेको छ । यदि विप्रेषणका वैकल्पिक उपायहरूको खोजी गर्ने हो भने अर्थतन्त्र धराशयी हुँदैन । स्वदेशमा उद्योगधन्दाको विकास, कृषिक्षेत्रको आधुनिकीकरण, पर्यटन, जलस्रोतलगायत उत्पादनमूलक क्षेत्रको विकासबाट स्वदेशमा नै रोजगारीको अवसर सृजना भए वैदेशिक रोजगारीमा जानेको संख्यामा कमी आउने कुरामा कसैको दुईमत नहोला । तर, कृषि र उद्योगको उत्पादनमा लगानी बढाउने र उत्पादनसमेत बढाउने तथा रोजगारी सृजना गर्ने कुरा ‘आकाशको फल आँखा तरी मर’ भन्ने उखान जस्तै भएको छ ।  सन् १९८० को दशकदेखि शुरू भएको विश्वव्यापीकरण तथा आर्थिक उदारीकरणको लहर र त्यसले ल्याएको आर्थिक एकीकरण सँगसँगै विश्वव्यापी रूपमा अन्तरराष्ट्रिय व्यापार, आप्रवासन र वैदेशिक पूँजी प्रवाहमा वृद्धि भएको पाइन्छ । नेपालबाट पनि विगत २ दशकयता तेस्रो मुलुक (खासगरी मलेशिया र खाडी मुलुक) तर्फ वैदेशिक रोजगारका लागि जानेको संख्या र वैदेशिक रोजगारीबाट प्राप्त हुने विप्रेषण आप्रवाहमा उल्लेख्य वृद्धि हुँदै गएको छ । हाल संस्थागत रूपमा नेपालले वैदेशिक रोजगारीका लागि ११० देश खुला गरेको छ भने ८ देश (कतार, यूएई, जापान, दक्षिण कोरिया, बहराइन, इजरायल, जोर्डन, र मलेशिया) सँग द्विपक्षीय श्रमसम्झौता गरेको छ । व्यक्तिगत श्रमस्वीकृतिमा १७२ मुलुकमा नेपालीहरू कामका लागि वैदेशिक रोजगारीमा गएको पाइन्छ । वैदेशिक रोजगार खुला गरिएका मुलुकमध्ये दक्षिण कोरियामा सरकारी सम्झौताअनुरूप कामदार पठाइएको पाइन्छ । जापानलगायत देशसँग पनि रोजगारीका लागि सरकारी स्तरमा कामदार पठाउने श्रम सम्झौता गरिसकिएको छ भने उक्त सम्झौता क्रमश: कार्यान्वयनको चरणमा रहेको देखिन्छ । श्रम स्वीकृतिका आधारमा वैदेशिक रोजगारीका लागि नेपाली कामदारहरूको प्रमुख गन्तव्य खाडीका मुलुकहरू नै रहेका छन् ।  विप्रेषण अहिलेका लागि त ठीक होला तर दीर्र्घकालीन रूपमा यसमै भर पर्ने अवस्था आउने हो भने यसले डच डिजिजको रूप लिने सम्भावना देखिन्छ । तत्काल विप्रेषण बन्द भयो भने अर्थतन्त्रमा जटिल समस्या पैदा हुने कुरा यथार्थ भए तापनि कृषि र साना तथा मझौला उद्योगको विकास गर्न सकिएन भने चाहिँ साँच्चिकै समस्या भयावह हुन सक्छ । एकै क्षेत्रमा अत्यधिक निर्भर हुनु नै डच डिजिज हो । सन् १९५९ मा नेदरल्यान्ड्समा एउटा प्राकृतिक ग्यास भण्डार फेला परेपछि उक्त देशमा उत्पादनमूलक क्षेत्र खुम्चिएको घटनालाई अर्थतन्त्रमा कुनै एक क्षेत्रमा ज्यादा निर्भर हुँदा विदेशमा सिकेको ज्ञान र शीपलाई यहीँ व्यवहारमा लागू गरेर उद्यमी बन्नेको संख्या पनि मनग्य छ जसले अर्थतन्त्र र नेपाली जीवन शैलीमा समेत सकारात्मक प्रभाव पारेको छ । तर, विप्रेषणबाट प्राप्त अधिक रकम उत्पादनमूलक क्षेत्रमा खर्च नभई अनुत्पादक क्षेत्रमा खर्च बढेकाले अर्थतन्त्रमा दीर्घकालीन लाभ हुन नसक्ने देखिन्छ । कथंकदाचित् त्यो क्षेत्र समस्या परेमा अर्थतन्त्रमा गम्भीर असर पर्ने कुरालाई डच डिजिजको रूपमा व्याख्या गरिएको छ । त्यसैले एउटै मात्र स्रोतमा निर्भर हुनु हुन्न भन्ने मानिन्छ ।  सधैंभरि विप्रेषणमा निर्भर हुनु भनेको अन्य मुलुकमाथिको निर्भरता बढाउनु हो । नेपालमै कृषि तथा मझौला एवं साना उद्योगको विकास नहुँदा र कृषिमा आधुनिकीकरण नहुँदा आज हजारौं मानिस रोजगारीका लागि विदेश पलायन हुनु परेको देखिन्छ । नेपालमा विप्रेषणमाथिको निर्भरता हरेक वर्ष बढिरहेको छ । विगत १० वर्षमा नेपालको विप्रेषण कम्तीमा वार्षिक ६ प्रतिशत र बढीमा ९ देखि १० प्रतिशतसम्म बढेको देखिन्छ । श्रमस्वीकृति लिनेहरूको संख्या दिनप्रतिदिन बढेको र वैदेशिक रोजगारीमा जानेको संख्या निकै बढेको देखिन्छ । दैनिक २५ सयदेखि ३ हजारसम्मले नेपाल छाडेको अनुमान छ । विगतमा रोजगारीको प्रमुख गन्तव्य खाडी मुलुक हुने गरेको भए तापनि हाल जापान, अमेरिका, कोरिया, अस्ट्रेलिया, क्यानडालगायत मुलुकमा नेपाली ठूलो संख्यामा गइरहेका छन् ।  नेपालमा उद्योगधन्दा खोली तथा भएका उद्योगको क्षमता बढाई रोजगारीको अवसर स्वदेशमा नै सृजना गर्नुपर्ने हो । तर, देशमा काम गर्ने वातावरण नभएर युवाहरूमा नैराश्य छाएको छ र विदेशिने क्रम बढेको छ जुन मुलुकका लागि गम्भीर समस्या हो । देशमा रहेका युवालाई आर्थिक कारोबार गर्न सहज वातावरण बनाउन सकेमा युवा जनशक्तिले देशमा नै रोजगारीको अवसर पाउने थिए । विदेशिने क्रम कम भई विप्रेषणप्रतिको निर्भरता केही हद घट्दै जाने थियो । विप्रेषण पठाउने जनशक्तिलाई स्वदेशमा नै उद्योगधन्दाको विकास गरी रोजगारी दिन सकेको खण्डमा भविष्य सहज हुने र श्रम जनशक्तिसमेत गुमाउनुपर्ने थिएन । त्यसैले उनीहरूलाई स्वदेशमै उत्पादनमूलक क्षेत्रतर्फ अग्रसर गराउन सम्बद्ध निकायको ध्यान बेलैमा जानु जरुरी छ । विप्रेषणबाट राष्ट्रिय अर्थतन्त्रमा सकारात्मक प्रभाव पर्ने र आर्थिक वृद्धिसमेत हुने भए तापनि दीर्र्घकालका लागि यो गम्भीर समस्या हो । यसरी विप्रेषणले अर्थतन्त्रमा सकारात्मक प्रभाव पारेको देखिए तापनि प्रतिस्पर्धात्मक क्षमतालाई कमजोर बनाएको छ । बढ्दो निर्भरता, आयातमुखी अर्थतन्त्रको विकास, दिगो आर्थिक विकासमा अवरोध, देशलाई चाहिने आवश्यक जनशक्तिको पलायन, मुद्रास्फीतिमा वृद्धि, आन्तरिक बसाइँसराइ र जनसंख्या असन्तुलन, अनुत्पादक क्षेत्रमा लगानीजस्ता नकारात्मक परिणाम वैदेशिक रोजगारीले दिइरहेको छ ।  आर्थिक वर्ष २०७९/८० को असार मसान्तसम्ममा मात्रै कुल रू.१२ खर्ब २० अर्ब ५६ करोडभन्दा बढी विप्रेषण भित्रिएको देखिन्छ । यो अघिल्लो वर्षको तुलनामा २१ दशमलव २ प्रतिशतले बढी हो । विप्रेषणका कारण शोधनान्तर स्थिति बचतमा रहे तापनि चालू खाता घाटा भने बढेको छ । उत्पादनमूलक उद्योगमा आएको शिथिलता, लगानीमैत्री वातावरणको अभावलगायतले देशमा रोजगारीको अवस्था गुम्दै गएकाले वैकल्पिक रोजगारीको माध्यम नै वैदेशिक रोजगार बन्न गएको छ ।  वैदेशिक रोजगारीका सकारात्मक पक्षहरू पनि छन् । विदेशमा सिकेको ज्ञान र शीपलाई यहाँ व्यवहारमा लागू गरेर उद्यमी बन्नेको संख्या पनि मनग्य छ जसले अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्नुका साथै नेपाली जीवन शैलीमा समेत सकारात्मक प्रभाव पारेको छ ।  विप्रेषणबाट प्राप्त अधिक रकम उत्पादनमूलक क्षेत्रमा खर्च नभई अनुत्पादक क्षेत्रमा खर्च बढेकाले अर्थतन्त्रमा दीर्घकालीन लाभ हुन नसक्ने देखिन्छ । धेरै मानिस विदेशिँदा देशमा श्रमशक्तिको चरम अभाव एकातर्फ छ भने अर्कोतर्फ स्वदेशमा उत्पादनशील जनशक्तिको अभाव छ । युवा जनशक्तिको अभावले गाउँघर पातलिँदै गएको छ । त्यस्तै वैदेशिक रोजगारीमा गएका मानिस अलपत्र पर्ने, काम नपाउने, सम्झौताबमोजिमको काम नपाउने, श्रमशोषणमा पर्ने, यौन दुव्र्यवहार, आर्थिक शोषण, रोजगारीको क्रममा ज्यान गुमाउने जस्ता घटना पछिल्लो समय बढ्दै गएको देखिन्छ । तसर्थ विप्रेषणको वैकल्पिक उपाय खोज्न ढिला भइसकेको छ । वैकल्पिक उपायले अर्थतन्त्र धराशयी हुनबाट रोकी दीर्घकालीन रूपमा दिगो आर्थिक विकास हुने देखिन्छ । यसका लागि शीपयुक्त जनशक्तिको विकास गर्ने, औद्योगिक, कृषि, पर्यटन र जलस्रोतको विकास गरी स्वदेशमा नै रोजगारी सृजना गर्ने, उद्यमशीलताको विकास गर्ने, अन्तरराष्ट्रिय बजार सुहाउँदो श्रम शक्तिको विकास गर्ने, व्यावसायिक तालीमलाई जोड दिने, सीमान्तकृत वर्गको राष्ट्रिय तथा अन्तरराष्ट्रिय क्षेत्रमा पहुँच बढाउने जस्ता कार्य गरिनुपर्छ । त्यस्तै बैंकहरूले निकासीसम्बन्धी उद्योग र कृषिक्षेत्रमा लगानी वृद्धि गर्नुपर्छ । आन्तरिक उत्पादन बढाई निर्यात बढाउने, भौगोलिक बनावटअनुरूपको विकास नीति बनाई स्वदेशमा नै योग्यता र दक्षताको आधारमा रोजगारी दिलाई युवा पलायन र ब्रेन ड्रेनको समस्या हल गर्ने जस्ता कार्यमा सरकार लाग्नुपर्छ । वैदेशिक रोजगारीलाई व्यावहारिक रूपमा गतिशील बनाई स्वदेशमा रोजगारको अवसर सृजना गर्न सरकार, वैदेशिक रोजगार व्यवसायीलगायत सरोकारवाला सबैको बेलैमा ध्यान जानु अपरिहार्य भइसकेको छ । त्यस्तै वैदेशिक रोजगारीकै कारण नेपालको उत्पादकत्व घट्दै गएको, स्वदेशमा रहेका आश्रित परिवारको काम गर्ने जाँगर र जोसमा ह्रास देखिएको, सम्बन्धविच्छेद र कलह बढ्दै गएको, घडेरी कारोबारमा वृद्धि भई शहरकेन्द्रित हुँदा ग्रामीण अर्थतन्त्र कमजोर भएको देखिन्छ । लेखक बैंक तथा वित्तीय संस्थाका विज्ञ हुन् ।

नदीका ढुंगाको बहुउपयोग : सौन्दर्य सामग्रीमा यसको प्रयोग र निर्यात सम्भावना

रौं फुलेको, पैतला खियाएको, तालु खुलिएको, भोटो फटाएको, हन्डर र ठक्कर खाएर उत्रेको जस्ता शब्द कुनै पनि क्षेत्रमा अनुभवले खारिएको मानिस भन्ने अर्थ लाग्छ, जसका अनुभव के परिवार के समाज सबैका लागि बहुमूल्य निधिका रूपमा रहन्छ । जीवनमा कुनै पनि निर्णय लिँदा विगतका हन्डर–ठक्करबाट पाठ सिक्दै भावना, लहड, प्रमाद, आवेश र लोभरहित भई निचोड पुग्ने अभ्यासहरूको शिक्षा प्राप्त गरेका व्यक्तिहरूलाई नदीको ढुंगाजस्तो कडा भन्ने उपमा दिने गरिन्छ ।  परम्परागत रूपमा हेर्दा नदीका ढुंगाको उपयोग मसला पिस्ने लोहोरो र छेलो फाल्ने खेलमा भएको पाइन्छ । पश्चिमी तराईमा रूखका हाँगामा पोको पारेर नदीमा बाँध हाली कुलो नहरमा पानी लैजाने प्रयोजनमा पनि नदीका ढुंगाको उपयोग हुने गरेको पाइन्छ । निर्माण क्षेत्रमा कङ्क्रिटको प्रयोग तथा सडक सञ्जालको विस्तारसँगै नदीका ढुंगा निर्माण क्षेत्रमा प्रयोग हुन थालेको छ ।  अचेल रिसोर्ट, होटेल तथा आमोदप्रमोद स्थलहरूमा कृत्रिम झरना निर्माण गर्ने क्रममा विभिन्न आकार प्रकारका नदी ढुंगालाई कलात्मक ढंगले सजाएर राख्ने गरिन्छ । झरनाको पानीको रंगलाई रंगीविरंगी बनाउन नदीका ढुंगाहरूलाई पनि सोहीअनुसार पालिस गरी विचित्र परिदृश्य सृजना गर्ने गरिन्छ ।  नदीका ढुंगाहरूलाई कलात्मक रूपले ओछ्याएर बगैंचा सजावटमा पनि प्रयोग गर्ने गरिन्छ । बगैंचाका बोटको पिँधमा र हिँड्ने बाटोको वरिपरि नदीका ढुंगालाई कलात्मक रूपमा सजाउने गरिन्छ । यसमा पनि बोटबिरुवाको रंगसँग आकर्षक देखिने विभिन्न रंगका ढुंगा क्रमबद्ध रूपमा राखी बगैंचाको सौन्दर्य थपिन्छ । बगैंचामा चरालाई चारा र पानी खुवाउने प्रयोजनमा पनि यस्ता ढुंगाको प्रयोग हुने गर्छ ।  वातावरणमैत्री, टिकाउ र सौन्दर्यवर्द्धक भएकाले नदीका ढुंगालाई कलात्मक रूप दिई भान्सा सजावटमा पनि उपयोग गरिन्छ । कप प्लेटको रूपमा यस्ता ढुंगाको प्रयोग हुने गरेको छ भने भान्साका भित्ताहरू सजाउन नदीका ढुंगाहरूलाई बढी उपयोग गर्ने गरिन्छ ।  अफिसमा अन्य वस्तुबाट बनेको पेपरवेटको साटो नदीको ढुंगा प्रयोग गर्ने अभ्यास शुरू भएको छ । विभिन्न कलात्मक आकार प्रकार र रंगमा तयार गरिएका यस्ता पेपरवेटहरू वातावरणमैत्री हुन्छ र स्थानीय कच्चापदार्थको पूर्ण उपयोग हुन्छ । कृत्रिमतासँग मोहभंग हुने क्रम एवम् वातावरणमैत्री वस्तुको उपयोग गर्नुपर्छ भन्ने चेतनामा भएको वृद्धिसँगै बैठक शृंगारमा प्रकृतिमा उपलब्ध वस्तुहरूलाई प्रयोग गर्ने प्रचलन बढ्दो छ । यस अभ्यासमा नदीका ढुंगाहरू बैठक सजावटका लागि प्रमुख स्रोतका रूपमा देखापरेका छन् ।  बैठकका भित्तामा विभिन्न आकारप्रकार र रंगमा ढालिएका नदीका ढुंगाहरूलाई क्रमबद्ध रूपमा मिलाई विशेष प्रकारको शृंगार भावना सृजना गर्ने गरिन्छ । बैठकका भित्ताहरूलाई प्राकृतिक आकारका देखाउन सृजना गरिने खस्रोपना तथा उबडखाबडपनामा नदीका ढुंगा सबैभन्दा उचित स्रोतका रूपमा रहेका छन् ।  बगैंचाका फुटपाथका अतिरिक्त सडक किनार र फुटपाथहरूमा पनि मसिना आकारका नदीढुंगालाई मिहीन रूपमा क्रम मिलाई नयाँ सौन्दर्य भाव दिने प्रचलन बढ्दो क्रममा  छ ।  नदीका सूक्ष्माकारका ढुंगाहरूलाई घोटी, कटिङ र पालिस गरी विभिन्न प्रकारका गरगहना बनाउने गरिन्छ । खानीजन्य प्रस्तरमा आधारित गरगहनाभन्दा बढी वातावरणमैत्री भएकाले नदीका ढुंगाबाट तयार गरिएका गरगहना पनि विश्व बजारमा लोकप्रिय हुन थालेको देखिन्छ ।  सूक्ष्माकारका नदीका ढुंगाहरूबाट विभिन्न जनावर र मूर्तिका आकृतिसमेत तयार गर्ने गरिन्छ । यस्ता उत्पादन सोभेनियर वस्तुका रूपमा लोकप्रिय हुँदै गएका छन् । सडक किनारमा नदीका ढुंगाका ग्राफिट्टीहरू सृजना गर्ने अभ्यास पनि प्रचलनमा  छ ।  समथर स्थानमा रहेका नदी, खोला र खोल्साका दुवै किनारमा नदी ढुंगालाई बिछ्याएर फराकिला पट्टीहरू बनाइन्छन् । जल प्रशोधनमा पनि नदीका ढुंगाहरूको प्रयोग हुने गरेको छ । यो प्रयोग घरायसी र बृहत् दुवै आकारमा हुने गर्छ ।  सानो पूँजी लगानी र फुर्सदको सदुपयोग गर्दै नदीमा उपलब्ध ढुंगालाई बहुमूल्य पत्थरमा रूपान्तरण गर्न सकिन्छ । नफुट्ने र लामो सयमसम्म राख्दा पनि नखिइने यस्ता ढुंगाबाट माथि भनेको क्षेत्रमा खपत हुने वस्तुहरू उत्पादन गर्न सक्ने हो भने यसले नदी किनारमा ठूलो संख्यामा रोजगारीको अवसर सृजना गर्नुका साथै उपर्युक्त क्षेत्रमा खपत भइरहेका काँच, धातु, सिमेन्टलगायत वस्तुको आयात पनि प्रतिस्थापन हुने देखिन्छ ।  यस्ता चम्किलो भविष्य भएको कडा पत्थरहरूको महत्व बुझ्न नसक्दा नेपालका नदीनाला र खोलामा उपलब्ध यस्ता ढुंगाको निधि भिल्लका देशका मणिझैं निर्माण सामग्रीका रूपमा कौडीको मूल्यमा विक्री भइरहेका छन् । खेर जाओस् तर अरूले मूल्ययोग गरेर मुनाफा नकमाऊन् भन्ने परपीडक सोच हाबी भएको समाजमा नदीका ढुंगालाई कलात्मक रूप दिई बहुमूल्य पत्थरका रूपमा व्यवसाय गर्ने सम्बन्धमा व्यवसायी र नीतिनिर्मातामा समेत उदासीनता व्याप्त छ ।  उपयुक्त सम्भावना र व्यवधानहरूका माझ खेर गइरहेका र कौडीको भाउमा विक्री भइरहेका नदीका ढुंगाहरूको उपयोग गर्न नीतिगत, कार्यक्रमगत, प्रोत्साहनात्मक, पूँजीगत, प्रविधिगत र प्रक्रियात्मक क्षेत्रमा यस्ता सम्भावनालाई अवसरमा रूपान्तरण गरिनु आवश्यक छ ।  यसका लागि सर्वप्रथम नदीका ढुंगाहरूको उपयोगिता र महत्वका बारेमा नीतिनिर्माण तहमा तत्वबोध गराउन यस क्षेत्रका विज्ञहरूबाट व्यापक लबिङ र प्रचारप्रसार हुन जरुरी छ । दोस्रो, यस क्षेत्रमा संलग्न हुन चाहने स्टार्टअपहरूलाई लागतमा शतप्रतिशत अनुदानसहित आवश्यक वित्त व्यवस्थापन गर्नु जरुरी हुन्छ । तेस्रो, नदीका ढुंगाको वैकल्पिक उपयोग र यसले स्थानीय तहमा सृजना गर्ने रोजगारका अवसर र आर्थिक गतिविधिको विस्तारका सम्बन्धमा सम्बद्ध पदाधिकारीहरूमा व्यापक जनचेतना प्रवाह गर्नु जरुरी छ ।  नदीका ढुंगालाई माथि उल्लिखित प्रयोजनका लागि उपयुक्त रूपमा ढाल्न चाहिने जनशक्ति उत्पादन गर्न नेपाल सरकारले नदीकिनाराका इच्छुक व्यक्तिहरूलाई नि:शुल्क तालीमको व्यवस्था गर्नुपर्छ । यी वस्तुको बजार, अन्य देशले यस क्षेत्रमा गरेका विकास र खोजहरूका सम्बन्धमा सम्बद्ध पक्षहरूलाई अवगत गराउने कार्यमा पनि नेपाल सरकारले बजेटको व्यवस्था गर्नु जरुरी छ । नदीका ढुंगाहरूबाट विभिन्न प्रकारका कलात्मक वस्तुहरू उत्पादन गर्न चाहने उद्यमी, नवप्रवर्तकहरूलाई लागतको ५० प्रतिशत अनुदान र बाँकी ५० प्रतिशत सहुलियतयुक्त कर्जाको व्यवस्था हुन पनि जरुरी छ ।  यसरी नदीका ढुंगालाई बहुप्रयोजनमा प्रवर्द्धन गर्न सकेको खण्डमा यस्ता उत्पादनहरूले वर्तमान समयमा आयात भइरहेका धातु र काँचका केही उत्पादनहरूलाई प्रतिस्थापन गर्ने र नेपालको नयाँ निर्यातयोग्य वस्तुका रूपमा आउनेसमेत निश्चित छ । नदीका ढुंगाहरूको बहुप्रयोजनमा उपयोग गर्न सक्ने हो भने नदीकिनारमा प्रस्तरकलाको उदय भई यस वरवर नयाँ आर्थिक बेल्ट सृजना हुने निश्चित छ ।   लेखक कृष्णराज बजगाईं व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रका वरिष्ठ अधिकृत हुन् ।

पाटनमा रोजगारीको अवसर, सबैभन्दा धेरै नर्सलाई अवसर

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानले ठूलो संख्यामा कर्मचारी माग गरेको छ। प्रतिष्ठानले एक सय ३५ जनाभन्दा बढीलाई रोजगारीको अवसर खुला गरेको हो।

चिकित्सक तथा स्वास्थ्यकर्मीलाई ठूलो संख्यामा रोजगारीको अवसर

ठूलो संख्यामा चिकित्सक तथा स्वास्थ्यकर्मी माग गरेको छ। अस्पतालले विभिन्न विषयका विशेषज्ञ तथा चिकित्सकहरु माग गरेको हो।

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ठूलो संख्यामा रोजगारीको अवसर

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानले विभिन्न पदमा ठूलो संख्यामा रोजगारीको अवसर खुला गरेको छ। प्रतिष्ठानले चिकित्सा शिक्षा र सेवा तर्फ जनशक्ति पदपूर्ति गर्न दरखास्त आव्हान गरेको छ।

अमेरिकामा एक महिनामै ६ लाख ७८ हजार रोजगारीको अवसर

संयुक्त राज्य अमेरिकामा फेब्रुअरी महिनामै ६ लाख ७८ हजार जनाले रोजगारी थपिएको छ । समाचार संस्था सीएनएनका अनुसार अमेरिकी रोजगार बजारमा एक महिनामै उक्त जनसंख्याले नयाँ रोजगारी थपिएको हो ।यो गत वर्षको जुलाई यताकै सबैभन्दा धेरै रोजगारी सृजना भएको बताइएको छ । अघिल्लो वर्ष सन् २०२० मा कोरोना महामारीका कारण अमेरिकामा २१ लाख जनाको रोजगार गुमेको थियो ।त्यसयता, निरन्तर सुधार आउँदै एकै महिना ठूलो संख्यामा रोजगारीको अवसर खुलेको बताइएको छ । यसको अर्थ पछिल्लो समय अमेरिकाको रोजगार बजार सुधारोन्मुख अवस्थामा छ ।

गति लिँदै पर्यटन व्यवसाय

हाम्रो देश प्राकृतिक दृष्टिले विश्वमा नै अतुलनीय सौन्दर्यले भरिपूर्ण भएकाले यहाँ पर्यटन व्यवसायको ज्यादा सम्भावना रहेको छ । हावापानीमा विविधता, उचाइमा विविधता, वनस्पति तथा जीवजन्तुमा विविधताजस्ता कारणले गर्दा नेपालमा पर्यटन व्यवसाय ज्यादा फस्टाउने क्षेत्र हो । यसले हाम्रो अर्थतन्त्रमा समेत महत्त्वपूर्ण टेवा दिँदै आएको छ । विश्वमा रहेका अग्ला चौधमध्ये आठओटा त नेपालमानै रहेका छन् । त्यसैगरी निकुञ्ज आरक्षणका दर्जनां क्षेत्र पनि रहेका छन् जसले पर्यटकलाई आकर्षित गरेको छ । कोरोनाको मारमा परेको यो पर्यटन क्षेत्रले विस्तारै गति समात्न थाल्दा सबैमा आशाको सञ्चार गराएको छ जुन सकारात्मक र महत्वपूर्ण पनि छ । विश्वव्यापी रूपमा फैलिएको कोरोना महामारीका कारण नराम्ररी थलिएको यो व्यवसायले अब भने केही गति लिन थालेको सरोकारवालाहरू बताइरहेका छन् । अझै पनि हामीले पर्यटकलाई पर्याप्त सेवासुविधा उपलब्ध गराउन सकेका छैनौं । उनीहरूले चाहेअनुसारका सुविधा, सेवा र सुरक्षा दिनुका साथै अन्य नवीन गन्तव्यको खोजीमा समेत जोड दिनुपर्ने देखिन्छ । नेपालमा पर्यटक दृश्यावलोकन, पदयात्रा, मनोरञ्जन तथा साहसिक खेलका लागि आउने गर्छन् । मानव जाति स्वभावैले भ्रमणशील हुन्छ । उनीहरूले घुमफिर गर्दै अनेकौं चालचलन तथा रहनसहनसमेत अवलोकन गर्दै आएको वास्तविकता सबैका सामु छँदै छ । हाम्रा हिमनदीमा पर्यटक जलविहार गर्न औधी रुचाउँछन् । साथै बन्जिजम्पिङ, हात्तीपोलो जस्ता रोमाञ्चक खेलका लागि समेत पर्यटक नेपाल भ्रमण गर्न आउँछन् । यहाँको प्राकृतिक तथा जैविक विविधतामा आफूलाई भुलाउन पनि विदेशी पर्यटक नेपाल भ्रमणमा आउने गरेको तथ्यांकले देखाउँछ । खासगरी पदयात्राका लागि अन्नपूर्ण, धवलागिरि र खुम्बुक्षेत्र निकै चर्चित रहेका छन् । यसबाहेक काठमाडाैं उपत्यका नगरकोट धुलीखेलसहित पोखरा, चितवन, लुम्बिनी, जनकपुर, गोर्खा, पाल्पा आदि क्षेत्रका ऐतिहासिक, सांस्कृतिक र पर्यटकीय स्थलहरूमा पर्यटक ज्यादा रमाइरहेका हुन्छन् । नेपालमा मनाइने विविध खालका चाडपर्व जात्रा तथा महोत्सवका बारेमा विदेशी पर्यटक अध्ययन र अनुसन्धानसमेत गर्न रुचाउँछन् । हाम्रो जातीय संस्कृति वेशभूषा आदिले पनि उनीहरूको मन लोभ्याउने गरेको पाइन्छ । पर्यटन उद्योगले हाम्रो कुल गार्हस्थ्य उत्पादनमा करीब ५ प्रतिशत अंश ओगटेको पाइन्छ । पर्यटन व्यवसाय वा उद्योग नेपालीहरूका लागि वैदेशिक मुद्रा आर्जनको राम्रो माध्यम पनि हो । यति मात्र नभई रोजगारीको मुख्य आधारसमेत बनेको यस क्षेत्रको महत्त्व ज्यादा रहेको छ । पर्यटकलाई घुमाउने पथ प्रदर्शक, भरिया, होटेल तथा लजका कामदार, पर्यटक बोक्ने सवारीसाधन, उनीहरूलाई आवश्यक सामान बेच्ने व्यापारीलगायत हजारौंले रोजगारी प्राप्त गर्ने क्षेत्र पर्यटन नै हो । हस्तकला, चित्रकला, मूर्तिकला, काष्ठकला आदिबाट पनि धेरैले रोजगारी पाएका छन् । पर्यटन व्यवसायबाट घरेलु उद्योगलाई पनि टेवा पुगेको छ । पर्यटकलाई आकर्षित गर्ने कञ्चनजंघादेखि सैपाल हिमालसम्मका क्षेत्रलाई हिमालयन ट्रेल भनिन्छ । यसअन्तर्गत पूर्वी नेपालमा कञ्चनजंघा सरक्षण क्षेत्र, मकालु वरुण राष्ट्रिय निकुञ्ज तथा सगरमाथा राष्ट्रिय निकुञ्ज पर्छन् । मध्यक्षेत्रका लाङटाङ, गोसाइकुण्ड र गौरीशंकर हिमाली क्षेत्रलाई पनि यसै ट्रेलअन्तर्गत समावेश गरिएको छ । यसैगरी पश्चिमका मनाङ, मुस्ताङ, मुगु, डोल्पाका पर्यटकीय क्षेत्रहरू यसअन्तर्गत पर्छन् । यस क्षेत्रको पर्यटनबाट ५ हजार मीटरमाथिको क्षेत्रमा हिमाली जनावर र वनस्पतिहरूको अवलोकन गर्न सकिन्छ । नेपाल पर्यटन बोर्डले यस क्षेत्रलाई पर्यटकीय गन्तव्यका रूपमा सिफारिश गरेको छ । नेपाल ऐतिहासिक तथा धार्मिक स्थलका लागि पनि प्रसिद्ध रहेको छ । लुम्बिनी, जनकपुर, मुक्तिनाथ, स्वर्गद्वारी, मनकामना, पशुपतिनाथ आदि मुख्य धार्मिक स्थलहरू हुन् । साथै काठमाडाैं उपत्यकाका प्राचीन दरबारहरू पर्यटकीय गन्तव्यका दृष्टिकोणबाट ज्यादै महत्त्वपूर्ण मानिन्छन् । यहाँ प्रयोग भएका काष्ठकला तथा वास्तुकला ऐतिहासिक र अतुलनीय रहेका छन् । यस्ता धार्मिक तथा ऐतिहासिक स्थलहरूले पर्यटकलाई सहजै आकर्षित गराउँछ । यहाँ भिन्न संस्कृति र परम्परा भएका १ सय २५ जातजातिका मानिसहरू बसोवास गर्छन् । प्रत्येक जातिको आफ्नै मौलिक परम्परा, रहनसहन, रीतिरिवाज तथा मूल्यमान्यता रहेका छन् । यही सांस्कृतिक विविधता अवलोकन गर्न ठूलो संख्यामा विदेशी पर्यटक नेपाल आउने गर्छन् । साहसिक पर्यटनअन्तर्गत र्‍याफ्टिङ, प्याराग्लाइडिङ, बन्जिजम्पिङ हिमाल आरोहण पर्छन् । पर्यटनबाट हामीले धेरै फाइदा लिन सफल पनि भएका छाैं । विदेशी मुद्राको आर्जन, रोजगारीको अवसर, घरेलु तथा साना उद्योगको विकास, राजस्वमा वृद्धि, व्यापार तथा कला संस्कृतिको प्रवर्द्धन र विश्वमा देशको प्रचारप्रसारजस्ता फाइदा हुन्छन् । हामीले थप गन्तव्य स्थलको पहिचान गरी यस क्षेत्रको विकासमा अझै प्रभावकारी पहल गर्नुपर्ने देखिन्छ । यो क्षेत्र हाम्रो आर्थिक विकासका लागि ज्यादै महत्त्वपूर्ण रहेको छ । निजीक्षेत्रको सहकार्यमा पर्यटन प्रवद्र्धनमार्फत पर्यटकको संख्या र राष्ट्रिय अर्थतन्त्रमा वृद्धि गर्नुपर्छ । नेपालीका आत्मीयता, मैत्रीभाव, उदारता र विश्वास नै पर्यटकलाई पस्किने व्यञ्जन हुन् । पर्यटकहरूले अझै पनि आफू सुरक्षित अनुभूति गर्न सकेका छैनन् । उनीहरूले चाहेअनुसारका सेवासुविधा उपलब्ध गराउन पनि सकेका छैनाैं । सरकारी कार्यालयबाट प्राप्त गर्ने सेवा पनि झन्झटिलो र प्रक्रियामुखी हुँदा पर्यटकले समस्याको सामना गर्नु परेको वास्तविकता हामीले भुल्नु हुँदैन । पर्यटक लुटिने, ठगिने र उनीहरूका सामान हराउने घटनाहरू पनि यदाकदा घटने गरेका छन् जसले नकारात्मक सन्देश प्रवाह हुने खतरासमेत हुन्छ । नेपालमा धार्मिक पर्यटनको सम्भावना ज्यादा रहेको छ किनभने यहाँ अनेकौं देवदेवीका मन्दिर तथा देवस्थलहरू छन् । मूलतः भारतीय पर्यटक पशुपतिनाथको दर्शन गर्न हजारौंको संख्यामा आउने गर्छन् । त्यसैगरी गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा विभिन्न देशबाट पर्यटक आउने गर्छन् । हाम्रो अर्थतन्त्रको मेरूदण्डका रूपमा रहेको पर्यटनको विकासका लागि सरकार तथा अन्य सरोकारवालाहरू मिलेर अगाडि बढ्नुपर्छ । कारोनाको मारमा परेको यो पर्यटन क्षेत्रले विस्तारै गति समात्न थाल्दा सबैमा आशाको सञ्चार गराएको छ जुन सकारात्मक र महत्त्वपूर्ण पनि छ । लेखक विश्वशान्ति कलेजका समाजशास्त्रका अध्यापक हुन् ।

रोजगारीको अवसर, सशस्त्र प्रहरी बलले माग्यो ठूलो संख्यामा कर्मचारी (सूचनासहित)

सशस्त्र प्रहरी बलमा भर्ना खुलेको छ । भर्ना तथा छनौट शाखाले जारी गरेको सूचना अनुसार सशस्त्रप्रहरीमा परिचरद ेखि प्रहरी निरीक्षकसम्म भर्ना खुलेको हो ।