पूर्वी नवलपरासीको गैंडाकोट २३ स्मृति नजिक गत बिहीबार रातिदेखि अवरुद्ध बनेको राजमार्ग सञ्चालनमा आएको छ ।
लगातार परेको वर्षाले खोल्सामा पानीको सतह बढ्दा बाढीले डाइभर्सन बगाएपछि सडक अबरुद्ध बनेको थियो । सोमबारदेखि पानी पर्न रोकिएपछि उक्त क्षेत्रबाट सवारी गुड्न थालेको ईलाका प्रहरी कार्यालय गैंडाकोटकी प्रमुख प्रहरी निरीक्षक लक्ष्मी पाण्डे खनालले जानकारी दिनुभयो ।