काठमाडौं : नेकपा एमालेका सचिव योगेश भट्टराईको तस्वीर भाइरल भएपछि स्पष्टीकरण दिएका छन्। प्रधानमन्त्री शेरबहादुर देउवालाई एमालेको तर्फबाट ध्यानाकर्षण पत्र बुझाउन पुगेको टोलीमा सहभागी हुँदा सचिव भट्टराईले मास्क नलगाएको तस्वीरको चौतर्फी आलोचना भएपछि उनले ट्वीटरमा प्रष्टीकरण दिएका हुन्। आलोचनापछि सचिव भट्टराईले लेखेका छन्, ‘आज कोभिड १९ का सम्बन्धमा नेकपा एमालेका तर्फबाट प्रधानमन्त्रीज्यूलाई ध्यानाकर्षण गराउने कार्यक्रममा हाम्रो प्रतिनिधि मण्डलले प्रधानमन्त्रीको सचिवालयद्वारा