अराजक सरकार

प्रधानमन्त्री खड्गप्रसाद ओलीले प्रतिपक्षी दललाई अराजकता सिर्जना गरेको आरोप लगाइरहेका छन् । कुनै दिन

सम्बन्धित सामग्री

वर्तमान सरकारले जनहितमा काम गर्न सकेन : अध्यक्ष भण्डारी

बैतडी– नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटीका अध्यक्ष दामोदर भण्डारीले वर्तमान सरकार अराजक शैलीमा चलेको बताएका छन् ।  मंगलबार एमालेको भातृ संगठन अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) बैतडीको जिल्ला अधिवेशन उद्घाटन सत्रको सम्बोधन गर्दै नेता भण्डारीले अहिले सरकार जनविरोधी काम गरिरहेको आरोप लगाए ।  प्रतिनिधिसभा सांसद समेत रहेका नेता भण्डारीले भने, ‘मन्त्रीले कर्मचारीलाई तथानाम गाली […]

अर्थतन्त्रप्रति सरकार अराजक बनेको एमाले अध्यक्ष ओलीको आरोप

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारको नीति तथा कार्यक्रम शब्दजालको पुलिन्दा भएको आरोप लगाउनु भएको छ । बिहिबार सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि प्रतिनिधि सभामा भएको छलफलमा भाग लिदै ओलीले सरकारको नीति तथा कार्यक्रम शब्दजालको पुलिन्दा, तर तेलमा तारिएको र चास्नीमा डुवाउन बाँकी रहेको जेरी जस्तो भएको उल्लेख गर्नु भयो […]

केपी ओली नेपाली राजनीतिका अराजक पात्र हुन् : नेता पौडेल

नेपाली  काँग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले केपी शर्मा ओली नेपाली राजनीतिका अराजक पात्र भएको बताएका छन्। लमजुङको मध्यनेपालमा आयोजित एक कार्यक्रममा बोल्दै कांग्रेसका प्रभावशाली नेता पौडेलले प्रमुख प्रतिपक्षी दलका नेता केपी ओली नेपाली राजनीतिकै अराजक पात्र भएको आरोप लगाएका हुन् ।नेता पौडेलले भने, ‘दुई तिहाइ मत पाएर सरकार चलाउने म्यान्डेट पाएका ओलीले आफ्ना समकक्षीलाई पनि सम्मान गर्न सक्नुभए। न सरकारमा हुँदा आफ्ना समकक्षीलाई सम्मान गर्नुभयो न बाहिर हुँदा । पार्टी भित्र र बाहिर उहाँल

केपी ओली राजनीतिका अराजक पात्र : प्रदीप पौडेल

६ चैत, काठमाडौं ।  नेपाली कांग्रेका केन्द्रीय सदस्य प्रदीप पौडेलले केपी शर्मा ओली नेपाली राजनीतिका अराजक पात्र भएको बताएका छन् । लमजुङको मध्यनेपालमा आयोजित एक कार्यक्रममा बोल्दै उनले ओलीले दुई तिहाइ मत पाएर सरकार चलाउने म्यान्डेट पाउँदा आफ्नै अहमताले अवसर गुमाएको बताए । ‘पार्टीभित्र र बाहिर उहाँले कसैलाई सम्मान गर्न सक्नुभएन । उहाँमा बढी नै […]

यातायात व्यवसायीको अराजक शैली

भाडा समायोजन र कोभिड–१९ विरुद्धको खोप लगाउन पाउनुपर्ने लगायत सातबुँदे माग राख्दै यातायात व्यवसायीहरूले यातायात व्यवस्था विभागमा धर्ना दिएका छन् । विरोधका क्रममा उनीहरूले यातायात सञ्चालन गरेनन् भने त्यस क्षेत्रमा बाटामा गाडी तेस्र्याएर निजी गाडीको आवागमनमा समेत अवरोध पुर्‍याए । राइड शेयरिङ पठाओका चालकलाई समेत उनीहरूले कुटे । आफ्नो माग राख्नु व्यवसायीको अधिकार हो तर यसरी अराजक शैलीमा प्रस्तुत हुनुचाहिँ स्वीकार्य हुन सक्दैन । व्यवसायीका माग उचित हुन् भने तिनलाई सम्बोधन गर्नुपर्छ । उचित छैन भने कारणसहित उनीहरूलाई मनाउन सक्नुपर्छ । तर, विरोधका नाममा सर्वसाधारणले दुःख पाउने, प्रतिस्पर्धी व्यवसायीले कुटिनुपर्ने तथा सर्वसाधारणको आवागमनमै असर पर्ने खालका अराजकता कुनै पनि हालतमा गर्न दिनु हुँदैन । कोरोनाका कारण यातायात व्यवसायी निकै मर्कामा परेका छन् । उनीहरूले बैंकको साँवा र ब्याजको किस्ता तिर्न पनि सकेका छैनन् । अहिले निषेधाज्ञा खुकुलो भए पनि कोरोनाको त्रासका कारण मानिसहरू बाहिर कमै निक्लिएका छन् । त्यसमा पनि सकेसम्म सार्वजनिक यातायात चढ्न नपरोस् भनेर सतर्क हुने गरिएको छ । यी सबैको असर सार्वजनिक यातायात व्यवसायीमाथि परेको छ । निकै समयदेखि सार्वजनिक यातायातको भाडादर समायोजन गरिएको छैन । बीचमा भाडा बढाइए पनि समायोजन नै भने भएको छैन । त्यसैले व्यवसायीका मागहरू जायज नै देखिन्छन् । मौद्रिक नीतिबाट केही मागको सम्बोधन हुने अपेक्षासमेत व्यवसायीको छ । उनीहरू मर्कामा परेका छन् । त्यसका लागि उनीहरूले आफ्नो माग सम्बद्ध निकायसमक्ष राखेका छन् । तर, माग राख्दैमा पूरा भइहाल्छ भन्ने छैन । माग पूरा नहुनेबित्तिकै अराजक किसिमले प्रस्तुत हुनचाहिँ पाइँदैन । सरकारी नियम कानूनअनुसार दर्ता भएर व्यवसाय गरेपछि सरकारी नियम मान्नैपर्छ । तर, सरकारले छोटो दूरीको भाडा नबढाएको अवस्थामा व्यवसायीहरूले बढी भाडा लिइरहेका छन् । बढी भाडा नतिर्ने यात्रुहरूलाई दुर्व्यवहार गरेको गुनासो पनि आएको छ । ट्राफिक प्रहरीले यसरी नियमविपरीत भाडा उठाएकामा केही सवारीसाधनलाई कारबाही पनि गरेको छ । यी सबै तथ्यले नेपालका सार्वजनिक सवारीसाधनमा अराजकता रहेको देखाउँछ । यसै पनि नेपालमा सार्वजनिक यातायातको छवि राम्रो छैन । मनपरी भाडा उठाउने, यात्रुसँग दुर्व्यवहार गर्ने, नियमविपरीत यात्रु कोच्ने, गन्तव्यमा नपुर्‍याउने, साँझबिहान सेवा नदिनेजस्ता थुप्रै अराजकतापूर्ण व्यवहार व्यवसायीहरूको पाइन्छ । अझ, यी अराजकताबाट दिक्क भएका सर्वसाधारणले प्रयोग गर्ने थालेको टुटल र पठाओका चालकलाई कुट्ने धम्की दिनेजस्ता काम पनि उनीहरूबाट बारम्बार हुने गरेको छ । बिहीवारको प्रदर्शनमा पनि पठाओका चालकलाई कुटपिट गरिएको छ । पारदर्शी भाडा र व्यवहारका कारण अहिले टुटल र पठाओको प्रयोगकर्ता बढ्दै छन् । यसप्रति यात्रुहरूको विश्वास उच्च छ । तर, आप्mनो भाग खोसेको भन्दै उनीहरूमाथि बारम्बार कुटपिटका घटना हुने गरेका छन् जुन कुनै पनि सभ्य मुलुकमा स्वीकार्य हुन सक्दैन । सरकारले पनि लामो दूरीको भाडा २८ प्रतिशतसम्म बढायो तर छोटो दूरीका सार्वजनिक यातायातको भाडा बढाएन । त्यस्तै ट्याक्सीहरूको पनि भाडा बढेको छैन । अहिले सरकार परिवर्तन भएको छ । नयाँ सरकार आउनेबित्तिकै व्यवसायी संघ अहिले भाडा वृद्धिको माग लिएर आन्दोलन गरिरहेको छ । यसलाई सर्वसाधारणले रुचाएका छैनन् । सर्वसाधारणको विचारमा सरकार र व्यवसायीको मिलोमतो छ । त्यसैले यस्तो विषम परिस्थितिमा विरोध र आन्दोलनका नाममा अराजकता मच्चाउने छूट दिनु हुँदैन । व्यवसायीका माग उचित हुन् भने तिनलाई सम्बोधन गर्नुपर्छ । उचित छैन भने कारणसहित उनीहरूलाई मनाउन सक्नुपर्छ । तर, विरोधका नाममा सर्वसाधारणले दुःख पाउने, प्रतिस्पर्धी व्यवसायीले कुटिनुपर्ने तथा सर्वसाधारणको आवागमनमै असर पर्ने खालका अराजकता कुनै पनि हालतमा गर्न दिनु हुँदैन । सरकार यसमा कडा भएर प्रस्तुत हुनुपर्छ ।

माधव नेपाल समूहका सांसद विद्रोही होइनन् अराजक हुन् : ओली

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले माधव नेपालसहित सो पक्षका सांसदलाई अराजक समूहको संज्ञा दिएका छन् । बालुवाटारबाट बाहिरिँदै गर्दा देशवासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् । आफ्नै पार्टीको सरकार ढलाउन गरेको हस्ताक्षर गरेकाहरु विद्रोही नभई अपराधी भएको उनको टिप्पणी थियो ।  प्रधानमन्त्री ओलीले पार्टी विभाजन र सरकार ढलाउन बाह्य...

नेपाली क्रान्तिका विचार अन्तरसंघर्ष

केपी ओली सरकार अराजक, अस्थिर र अक्षम भएको छ। उसले चालु सत्ताको नियम कानुन केही पनि नमान्ने, कोरोनाबाट प्रताडित जनताको जीउधन, स्वास्थ्य सुरक्षाको वास्ता नगर्ने भ्रष्ट फासीवादी र अध्यादेशबाट देश चलाउने अभ्यास गरिरहेको छ।...

माधव नेपाल समूहले अराजक हर्कत गरेको छ, कारबाही हुन्छ : ओली

काठमाडौं : प्रधानमन्त्री तथा नेकपा एमालेको अध्यक्ष केपी शर्मा ओलीले माधव नेपालका पछि लाग्नेले कर्णालीमा फ्लोर क्रस गरेर अराजक हर्कत गरेको आरोप लगाएका छन्। बालुवाटारमा जारी केन्द्रीय कमिटीको बैठकमा बोल्दै ओलीले भने, 'माधव नेपालले नेपालमा पहिलोपटक अलोकतान्त्रिक र अराजक हर्कत गरेका छन्। त्यो अपराधको क्षमा हुदैन। कारवाही हुन्छ।' माधव नेपालले माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको पाउमा एमाले पार्टी चढाउने खोजेको आरोप समेत लगाए। गैर कम्युनिष्टहरूको नेतृत्वमा सरकार बनाउन माधव समूहल

यो सरकारलाई हटाएर सर्वदलीय सरकार बनाउनुपर्छ : शेखर कोइराला

३ वैशाख, जनकपुरधाम । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले अहिलेको सरकार हटाएर सर्वदलीय सरकार बनाउनुपर्ने बताएकाा छन् । सप्तरी सदरमुकाम राजविराजमा शुक्रबार आँखा अस्पतालको उद्‌घाटन गर्दै कोइरालाले यो सरकार रहँदासम्म अराजकता बढ्ने भन्दै सर्वदलीय सरकार बनाउनुपर्ने बताएका हुन् । ‘यो सरकार जति अगाडि बढ्छ त्यत्ति अराजक बढ्छ’ उनले भने, ‘त्यहीं भएर यो सरकारलाई […]