काठमाडौं : वैशाखमा कोरोनाको दोस्रो लहरमा डेल्टा भेरियन्ट फैलिएपछि सुरुमै अस्पताल भरिभराउ भएका थिए। संक्रमित धेरैलाई त्यो वेला अक्सिजन आवश्यक परेको हुँदा अस्पताल भरिभराउ भएको थियो।अहिले पनि कोरोना संक्रमण तीव्र गतिमा फैलिरहेको छ तर अस्पताल भर्ना भएर उपचार गराउने संख्या कम देखिन्छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार पनि हाल देशभर ३० हजार ८७७ जना सक्रिय संक्रमित रहेको अवस्थामा १ हजार ९६ जना संस्थागत र २४ हजार ५८४ जना होम आइसोलेसनमा रहेको देखिन्छ।यसरी संक्रमि