लालीगुराँस नगरपालिका–१ साब्राका महिला किसानले सामूहिक तरकारी खेतीका माध्यमबाट आर्थिक समृद्धिको बाटो रोजेका छन् । ०७२ सालमा नागेश्वरी बहुउद्देशीय महिला समूह गठन गरेर सामूहिक खेतीमा लागेका १५ जना महिला किसानले १५ रोपनी जमिन लिजमा लिएर बेमौसमी तरकारी खेती गरिरहेका छन् ।