भारतबाट आउने यात्रुलाई राख्न तोकियो क्वारेन्टाइन

काठमाडौं। सरकारले भारतबाट नेपाल आउने यात्रुलाई अनिवार्य १०-दिन क्वारेन्टाइन राख्नलाई आठवटा होटल तोकेको छ। होटललाई क्वारेन्टाइनका रूपमा तोक्दै भारतबाट आउने यात्रुलाई ती होटलमा बस्न भनिएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले भ्यू भृकुटी, माधव होटल, एयरपोर्ट होटल, अमादब्लम होटल, रिडर्स इन, आनन्द आश्रम, फर्म हाउ रिसोर्ट र एवा रिसोर्टलाई क्वारेन्टाइनका रूपमा सूचीकृत गरेको हो।

सम्बन्धित सामग्री

क्वारेन्टाइनका लागि तोकियो होटेल

काठमाडौं । सरकारले विभिन्न तीन देशका लागि नियमित उडान खुला गरेपछि नेपाल आउने नेपाली र विदेशी नागरिकलाई क्वारेन्टाइन बस्नका लागि होटेलहरू तोकिदिएको छ । पर्यटन विभागले क्वारेन्टाइनस्थलका रूपमा प्रयोेग गर्ने होटेलहरूको न्यूनतम ९ बुँदे मापदण्ड तोक्दै होटेलहरूको नामावली सार्वजनिक गरेको छ । होटेललाई क्वारेन्टाइनका रूपमा प्रयोग गर्ने होेटेलहरूले सामूहिक रूपमा खाना खाने स्थल, बुफे, जिम, साउना, इन्डोर तथा आउटडोर गेम पूर्णरूपमा बन्द गर्नुपर्ने मापदण्ड राखिएको छ । विभागले कम्तीमा २० कोठा भएको होटेल, स्वास्थ्यसम्बन्धी तोकिएको मापदण्ड पालना गर्नेगरी होटेल परिसरको छुट्टै गेट वा कम्पाउन्ड भएको र सकेसम्म घुमफिर गर्न सक्ने खुला ठाउँ र बगैंचा भएको हुनुपर्ने मापदण्ड तोकेको छ । होटेल क्वारेन्टाइनमा रहेका हवाई यात्रुलाई सेवा प्रदान गर्न र स्वाब परीक्षणको नमूना संकलनका लागि पर्याप्त खुला ठाउँ हुनुपर्ने, होटेल कोठामा टेलिभिजन, वाइफाई, अनिवार्य हुनुपर्ने, कोठामा अट्याच ट्वाइलेट र नुहाउन र पिउन तातो पानीको व्यवस्था भएको हुनुपर्ने मापदण्ड तोकेको छ । होटेलमा खाना र अन्य सेवाहरू कोठामा वा प्यासेजमा मात्र प्रदान गर्ने व्यवस्था, मिलाउनुपर्नेछ । प्रत्येक कोठामा १ हप्तालाई पुग्ने गरी साबुन, टुथपेस्ट, ब्रस, हेन्डवास र टावेल राखिएको हुनुपर्ने विभागले उल्लेख गरेको छ । सोमवार संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले ‘नेपाली तथा विदेशी नागरिकहरू विदेशबाट नेपाल आउँदा पालना गर्नुपर्ने मापदण्ड २०७८’ लागू गरेको थियो । सोहीअनुसार नेपालीहरू नेपालमा आउँदा ७२ घण्टाको पीसीआर रिपोर्ट, होटेल बुक गरेको डकुमेन्ट ल्याउनुपर्ने र ५ दिन अनिवार्य होटेल क्वारेन्टाइन बस्नुपर्ने गरी मन्त्रालयले मापदण्ड बनाएको छ । उक्त दिन होटेल क्वारेन्टाइन बसेपछि सम्बन्धी होटेल तथा नियामक निकायको सिफारिशमा १० दिन होमक्वारेन्टाइन बस्ने गरी घर जान पाउने व्यवस्था गरिएको छ । मन्त्रालयले काठमाडौंको ठमेल, गोंगबुलगायत घना बस्ती भएका स्थानका होटेलमा क्वारेन्टाइन राख्न भने निषेध गरेको छ । कोरोना भाइरस (कोभिड–१९) संक्रमण फैलने जोखिम उच्च हुने भन्दै मन्त्रालयले यी क्षेत्रका होटेलमा क्वारेन्टाइन राख्न निषेध गरेको हो । विभागले बुधवार सूचना जारी गर्दै होटेल क्वारेन्टाइनका रूपमा प्रयोग गर्न पाँचतारेस्तरका द सोल्टी काठमाडौं, सांग्रिला, ¥याडिसन, हायात गरी सातओटा होटेल तोकिदिएको छ । चारतारेमा होटेल शंकर, होटेल हिमालय र ग्रान्ड होटेल तोकेको छ । विभागको निर्णयअनुसार तीनतारेस्तरका पाँचओटा होटेल र पर्यटकिय स्तरका ५१ ओटा होटेल क्वारेन्टाइनको रूपमा प्रयोग गर्न सकिनेछ । यस्तै रिसोर्ट स्तरका दुईओटा पार्क भिलेज र गोकर्ण फरेस्ट रिसोर्ट रहेका छन् । यसअघिदेखि क्वारेन्टाइनका रूपमा आठओटा होटेल प्रयोग हुँदै आएका छन् । विभागले होटेललाई क्वारेन्टाइनका रूपमा प्रयोग गर्न दिँदा थलिएको होटेल व्यवसायलाई केही विजनेश मिलेको छ । सरकारले बजेटमार्फत पनि होटेललाई क्वारेन्टाइनका रूपमा प्रयोग गर्न प्रोत्साहन गरेको छ । सरकारले अनिवार्य रूपमा होटेल क्वारेन्टाइन बस्ने मापदण्ड बनाए पनि यो लागू नहुने होटेल एशोसिएसन नेपाल (हान) स्रोतको भनाइ छ । उनले भने, ‘विदेशबाट मानिसहरू कम आउने गरेका छन् भने अर्कोतर्पm अधिकांश यात्रु होटेलभन्दा पनि होम आइसोलेशनमै बस्न जाने गरेका छन् ।’