सोलार जडान भएपछि चेपाङ परिवारमा खुसी

२ कात्तिक, मकवानपुर । दसैँको बेलामा मकवानपुर, राक्सिराङ–७ का ५६ वर्षीया सेतीमाया प्रजाको मुहारमा खुसी छाएको छ । दशकौँदेखि टुकी बत्तीको साथमा जीवन बिताइरहेका प्रजा परिवारमा सोलार जडानले खुसी थपेको हो । टुकीको साथका पढ्ने लेख्नेका साथै घर भान्छा तयार गर्ने गरेको बताउँदै सेतीमायाले भनिन्, ‘अब घरभरि झिलीमिलीबत्ती बल्नेछ ।’ डोको लिएर सोलार लिन पुग्नुभएका […]

सम्बन्धित सामग्री

दाङ : बगासोतीखर्कका १३ घरमा सोलार बत्ती जडान

दाङ - दाङको देउखुरी राप्ती गाउँपालिका–१ बगासोतीखर्कका १३ घरमा सोलार बत्ती जडान गरिएको छ । वर्षाैँदेखि सल्लाको दियालो, टुकी र लालटिनको उज्यालोमा बसेका स्थानीयवासी घरमा सोलार जडान भएपछि खुशी भएका छन ।  स्थानीय चेतमान बुढाले गाउँमा वडाले सोलारको व्यवस्था गरेपछि पहिलेजस्तो अँध्यारोमा बस्नुपर्ने बाध्यता हटेको बताउनुभयो । स्थानीय सुशीला बुढाले पनि वर्षाैँवर्ष अन्धकारमा जीवन बिताएकाे र अहिले गाउँमा सोलार जडान भएपछि निकै खुसी लागेको बताउनुभयो । ‘घरको काम रातिसम्म गर्नुपर्छ, जसले गर्...