नेकपा एमालेको अनुशासन आयोगले पदमा आसीन पार्टीका सबै नेता तथा कार्यकर्ताहरूलाई सम्पत्ति विवरण बुझाउन निर्देशन दिएको छ । आयोगले यसअघि नै सम्पत्ति विवरण बुझाउन निर्देशन दिए पनि स्थानीय चुनावका कारण सो प्रक्रिया रोकिएको थियो ।आयोगका अध्यक्ष केशव बडालले अब साउन महिनाभित्र सबैले सम्पत्ति विवरण बुझाउनुपर्ने आजको आयोगको पूर्ण बैठकले निर्णय गरेको रातोपाटीलाई जानकारी दिए । आयोगले साउन महिनाभर सातै प्रदेशमा सम्बन्धित पार्टी कमिटीलाई प्रशिक्षण दिने पनि निर्णय गरेको छ । पार्टी र आयोगबीच समन्वय बढाउन प्रशिक्ष