संसद्को अवरोध हटाउन बसेको बालुवाटार बैठक निष्कर्षविहीन

संघीय संसद्मा जारी अवरोध हटाउनका लागि प्रधानमन्त्री पुष्पकमल दाहालले बोलाएको बैठक निष्कर्षविहीन भएको छ । क्विन्टल सुन तस्करी प्रकरणको छानबिन गर्न उच्चस्तरीय समिति बनाउनुपर्ने प्रमुख प्रतिपक्ष एमालेको माग सत्तापक्षले नमानेपछि बैठक निष्कर्षविहीन भएको हो ।