नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा आलीले अस्वस्थ चक्रव्यूहमा देशलाई फँस्न नदिन प्रतिनिधिसभा विघटन गरी नयाँ निर्वाचनको घोषणा गरिएको बताउनुभएको छ ।
नेकपा काठमाडौंद्वारा शनिबार प्रज्ञा भवन कमलादीमा आयोजित वृहत कार्यकर्ता भेलालाई सम्बोधन गर्नुहुँदै उहाँले सो कुरा बताउनुभएको हो । विद्यमान व्यवधान र अडचनबाट मुक्त हुन नयाँ जनादेशमा जाने निर्णय भएको उहाँले प्रष्ट पार्नुभयो । “मुद्दा लड्न पाइन्छ तर प्रधानमन्त्रीको अधिकार प्रयोग गरेर विघटनको सिफारिस गरिएको हो, संसद पुनस्र्थापना सम्भव छैन” उहाँले भन्नुभयो । बेलायतमा पनि त्यही दृष्टान्त रहेको उहाँले प्रष्ट पार्नुभयो । संसदीय व्यवस्था भएको देशमा यो स्वभाविक व्यवस्था भएको उहाँले चर्चा गर्नुभयो ।