निर्वाचन आयोगले पूर्व प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवलाई पर्यवेक्षकको रूपमा अनुमति दिन अस्वीकार गरेको छ । यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा यादवलाई पर्यवेक्षकको भूमिका निभाउन नदिने भएको हो । पूर्व प्रमुख विशिष्ट व्यक्तित्व तथा कर्मचारीलाई आयोगले विशेष पर्यवेक्षकको भूमिका दिने भए पनि यादवको नाम कुनै राजनीतिक दलको विभागमा नाम भएको भन्दै उनको नाम हटाएको हो । यता पूर्व प्रमुख निर्वाचन आयुक्त यादवले आफूलाई एक बचन समेत नसोधी निर्वाचन पर्यवेक्षकबाट आफ्नो नाम हटाएकोमा गुनासो गरे