महासङ्घका वरिष्ठ उपाध्यक्ष ढकालले साउदी राजदूतलाई नेपालमा साउदी लगानीका लागि सहजीकरण गर्न आग्रह गरेका छन्। नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालका लागि साउदी अरबका राजदूत साद अबुहाइमेदसँग नेपालको कृषि, पर्यटन र जलविद्युत् क्षेत्रमा लगानी ल्याउन सहयोग गर्न आग्रह गरेका हुन्।