चलचित्र ‘नीरफूल’ले आउँदो जेठ १९ गते आफ्नो प्रदर्शन मिति तय गरेको छ । २०७६ चैत ७ गते प्रदर्शन हुनै लाग्दा सरकारले त्यसको दुई दिनअघि मात्रै कोरोना महामारीका कारण सम्पूर्ण चलचित्र हल बन्द गरेपछि ‘नीरफूल’को प्रदर्शन मिति रोकिएको थियो । भूकम्पका कारण बिछोडिएका एक परिवारका सदस्यहरूले पुनर्मिलनका लागि गरेका प्रयत्नमा आधारित चलचित्र फूलमान बलले निर्देशन गर्नुभएको हो । रुवी भ्याली र काठमाडौँमा छायाङ्कन गरिएको चलचित्रमा दयाहाङ राई, शान्ति वाइबा, बुद्धि तामाङ, पुष्कर गुरुङ, जिम्मे छ्योइकी घिसिङ,