सिटिजन्स बैंकमा गाभियो सिर्जना फाइनान्स, एकीकृत कारोबार असार २६ गतेदेखि शुरु

असार १८, काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशन लिमिटेडले सिर्जना फाइनान्सलाई प्राप्ति गरे पश्चात सिटिजन्स बैंक इन्टरनेशनको नामबाट असार २६ गतेदेखि एकीकृत कारोबार शुरु हुने भएको छ ।  दुवै कम्पनीको जेठ २७ गते सम्पन्न छुट्टाछुट्टै वार्षिक साधारण सभाले सिटिजन्स बैंकले सिर्जना फाइनान्सलाई प्राप्ति गर्ने सम्बन्धी प्रस्ताव पारित गरेको थियो ।  एकीकृत कारोबारका लागि नेपाल राष्ट्र बैंकले असार १५ गते र कम्पनी रजिष्ट्रारको कार्यालयले असार १७ गते अन्तिम स्वीकृति दिएसँगै असार २६ गतेदेखि एकीकृत कारोबार शुरु हुन लागेको हो । प्राप्ति पश्चात बैंकको रजिष्टर्ड कार्यालय काठमाडौं महानगरपालिका वडा नं. १ नारायणहीटी पथमा रहने कम्पनीले जानकारी दिएको छ ।  साथै, डाटा माइग्रेशन प्रयोजनको लागि दुवै कम्पनीको कारोबार असार २५ गते साँझ ५ बजेदेखि २६ गतेसम्म बन्द रहने समेत जानकारी दिइएको छ ।

सम्बन्धित सामग्री

सिटिजन्स बैंक र सिर्जना फाइनान्स एकीकृत कारोबार

सिटिजन्स बैंक इन्टरनेसनलले सिर्जना फाइनान्सलाई प्राप्ति गरी एकीकृत कारोबार सुरु गरेको छ ।विराटनगरमा प्रधान कार्यालय रहेको नेपाल राष्ट्र बैंकबाट ‘ग’ वर्गको इजाजत प्राप्त फाइनान्सलाई प्राप्ति गरेसँगै दुवं संस्थाको संयुक्त कारोबार सुरु भएको हो । एकीकृत कारोबारको सिटिजन्स बैंकका अध्यक्ष राजनसिंह भण्डारीले संयुक्त कारोबारको शुभारम्भ गरेका हुन् । २०७८ साल असार २५ गते सम्मको तथ्यांकको आधारमा […]

सिटिजन्स बैंकको एकीकृत कारोबार सुरु

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनलले राष्ट्र बैंकबाट ‘ग’ वर्गको इजाजत प्राप्त विराटनगरमा प्रधान कार्यालय रहेको सिर्जना फाइनान्सलाई प्राप्ति गरी शनिबारदेखि एकीकृत कारोबार सुरु गरेको छ । सिटिजन्स बैंक सञ्चालक समितिका अध्यक्ष राजनसिंह भण्डारीले संयुक्त कारोबार सुरु गरे । सिटिजन्स बैंकले सिर्जना फाइनान्सलाई प्राप्ति गरेपछि निक्षेप करिब १ खर्ब ४१ अर्ब रुपैयाँ पुगेको छ भने ऋण लगानी करिब १ खर्ब २४ अर्ब रुपैयाँ हुनेछ । प्राप्ति सहमतिअनुसार सिर्जना फाइनान्सका शेयरधनीले १०० कित्ता शेयर बराबर सिटिजन्स बैंकको ९५ कित्ता शेयर पाउनेछन् । सिटिजन्स बैंकको हालको चुक्ता पुँजी ११ अर्ब ६६ करोड रहेकामा प्राप्तिपछि यस्तो १२ अर्ब ५७ करोड रुपैयाँ हुनेछ ।   कार्यक्रममा बैंक सञ्चालक समितिका अध्यक्ष भण्डारीले सिर्जना फाइनान्स प्राप्तिपछि बैंकको वित्तीय सूचकांक मानव स्रोत, प्राविधिक एवं अन्य क्षमता बढ्ने बताए । साविकको सिर्जना फाइनान्सका सञ्चालक समिति अध्यक्ष सुयेश प्याकुरेलले संस्थाका ग्राहक, कर्मचारी र लगानीकर्ताको हित र भविष्य सिटिजन्स बैंकमा अझ बढी सुरक्षित हुने विश्वास व्यक्त गरे । सिटिजन्स बैंकका सञ्चालक एवं मर्जर तथा प्राप्ति समिति संयोजक प्रबलजंग पाण्डेले प्राप्तिपछि बैंकको प्रतिस्पर्धात्मक क्षमता वृद्धि भई ग्राहकलाई गुणस्तरीय तथा भरपर्दो बैंकिङ सुविधा प्रदान गर्न सहज बताए । बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले मर्जरपछि कर्मचारीको उचित ब्यवस्थापन र दक्षता अभिवृद्धि गरी व्यवसाय वृद्धिका लागि थप कार्यक्रम ल्याइने जानकारी दिए । प्राप्तिपछि बैंकका शाखा सञ्जाल १८९ पुगेका छन् ।

सिटिजन्स बैंक इन्टरनेशनलको असार २४ गते बुक क्लोज हुने, यस्तो छ कारण

काठमाडौँ / सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले असार १४ गते एक दिनका लागि शेयर दर्ता किताब बन्द गर्ने भएको छ। बैंकले सिर्जना फाइनान्स लिमिटेडको एकीकृत कारोबार गर्ने