सिटिजन्स बैंक र सिर्जना फाइनान्स एकीकृत कारोबार

सिटिजन्स बैंक इन्टरनेसनलले सिर्जना फाइनान्सलाई प्राप्ति गरी एकीकृत कारोबार सुरु गरेको छ ।विराटनगरमा प्रधान कार्यालय रहेको नेपाल राष्ट्र बैंकबाट ‘ग’ वर्गको इजाजत प्राप्त फाइनान्सलाई प्राप्ति गरेसँगै दुवं संस्थाको संयुक्त कारोबार सुरु भएको हो । एकीकृत कारोबारको सिटिजन्स बैंकका अध्यक्ष राजनसिंह भण्डारीले संयुक्त कारोबारको शुभारम्भ गरेका हुन् । २०७८ साल असार २५ गते सम्मको तथ्यांकको आधारमा […]

सम्बन्धित सामग्री

सिटिजन्स बैंकमा गाभियो सिर्जना फाइनान्स, एकीकृत कारोबार असार २६ गतेदेखि शुरु

असार १८, काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशन लिमिटेडले सिर्जना फाइनान्सलाई प्राप्ति गरे पश्चात सिटिजन्स बैंक इन्टरनेशनको नामबाट असार २६ गतेदेखि एकीकृत कारोबार शुरु हुने भएको छ ।  दुवै कम्पनीको जेठ २७ गते सम्पन्न छुट्टाछुट्टै वार्षिक साधारण सभाले सिटिजन्स बैंकले सिर्जना फाइनान्सलाई प्राप्ति गर्ने सम्बन्धी प्रस्ताव पारित गरेको थियो ।  एकीकृत कारोबारका लागि नेपाल राष्ट्र बैंकले असार १५ गते र कम्पनी रजिष्ट्रारको कार्यालयले असार १७ गते अन्तिम स्वीकृति दिएसँगै असार २६ गतेदेखि एकीकृत कारोबार शुरु हुन लागेको हो । प्राप्ति पश्चात बैंकको रजिष्टर्ड कार्यालय काठमाडौं महानगरपालिका वडा नं. १ नारायणहीटी पथमा रहने कम्पनीले जानकारी दिएको छ ।  साथै, डाटा माइग्रेशन प्रयोजनको लागि दुवै कम्पनीको कारोबार असार २५ गते साँझ ५ बजेदेखि २६ गतेसम्म बन्द रहने समेत जानकारी दिइएको छ ।

सिटिजन्स बैंक इन्टरनेशनलको असार २४ गते बुक क्लोज हुने, यस्तो छ कारण

काठमाडौँ / सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले असार १४ गते एक दिनका लागि शेयर दर्ता किताब बन्द गर्ने भएको छ। बैंकले सिर्जना फाइनान्स लिमिटेडको एकीकृत कारोबार गर्ने

सिटीजन्स बैंकले सिर्जना फाइनान्सलाई प्राप्ति गर्ने, बुक क्लोज कहिले ?

काठमाडौं, १६ असार । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले सिर्जना फाइनान्सलाई प्राप्ति गर्ने भएको छ । बैंकले फाइनान्सलाई प्राप्ति गर्न असार २४ गते एकदिन बुक क्लोज गर्ने जनाएको छ । बैंकद्वारा यस अघि नै सिर्जना फाइनान्स कम्पनीलाई प्राप्ति गर्ने प्रस्ताव पारित भएको छ । बैंकले फाइनान्सलाई १ः०.९५ अनुपातमा प्राप्ति गर्न लागेको हो । अब सिर्जना फाइनान्सका […]

सिटिजन्स बैंकले सिर्जना फाइनान्स प्राप्ति गर्ने प्रस्ताव अनुमोदन

सिटिजन्स बैंक इन्टरनेसनको सातौं विशेष साधारण सभाले सिर्जना फाइनान्सलाई प्राप्ति गर्ने प्रारम्भिक सहमति तथा अन्तिम सम्झौतापत्रहरुको अनुमोदन गरेको छ । सिर्जना फाइनान्सको १०० कित्ता सेयरलाई सिटिजन्स बैंक इन्टरनेसनलको ९५ कित्ता सेयर (१ः०.९५) दिने गरी सेयर मूल्य अनुपात कायम गरिएको छ ।सञ्चालक समितिको तर्फबाट अध्यक्ष राजन सिंह भण्डारीले सिर्जना फाइनान्स लाई प्राप्ति (एक्विजिसन) गर्नका लागि गरेको […]

सिर्जना फाइनान्स प्राप्ति गर्ने प्रस्ताव सिटिजन्स बैंकको साधारणसभाबाट पारित

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले सिर्जना फाइनान्स प्राप्ति गर्ने प्रस्ताव पारित गरेको छ । बैंकको बिहीबार सम्पन्न विशेष साधारणसभाले सिर्जना फाइनान्स र बैंकबीच भएका प्रारम्भिक सहमति तथा अन्तिम सम्झौतापत्रहरुको अनुमोदन गरेको हो । सिर्जना फाइनान्सको १०० कित्ता सेयरलाई सिटिजन्स बैंकको ९५ कित्ता सेयर दिने गरी सेयर मूल्य अनुपात गरेको छ ।...

सिटिजन्स बैंक इन्टरनेशनल : कम्पनी विश्लेषण (आइतवार, २३ जेठ २०७८)

बैंकको शेयर मूल्य अघिल्लो कारोबार दिन बिहीबारको तुलनामा ७ दशमलव ८३ प्रतिशतले वृद्धि भएको हो । शेयर मूल्य प्रतिकित्ता रु. ३७१ पुगेको छ । उक्त दिन बैंकको ६ लाख २३ हजार ७४७ कित्ता शेयर खरिद बिक्री भएको छ । बैंकले सिर्जना फाइनान्स कम्पनीलाई प्राप्ति गर्ने भएको छ । सिर्जना फाइनान्सको १०० कित्ता शेयर बराबर सिटिजन्स बैंकको ९५ कित्ता शेयर मूल्य अनुपात कायम गर्ने गरी स्वीकृत भएको कम्पनीले जानकारी गराएको छ । प्राप्तिसम्बन्धी प्रस्ताव पारित गर्न सिटिजन्स बैंकले आगामी जेठ २७ गते विशेष साधारणसभा बोलाएको छ । सभा बिहान ९ बजे बैंकको प्रधान कार्यालय नारायणीपथ दरबारमार्गमा भर्चुअल माध्यमबाट गर्ने जानकारी गराएको छ । बैंकले चालू आवको तेस्रो त्रैमाससम्म रु. १ अर्ब ५४ करोड ५३ लाख नाफा कमाएको छ । निष्कर्ष कम्पनीको ५९ दिनको कारोबार अवधिको अन्तिम दिनमा लामो टुप्पी र पुच्छर भएको लामो शरीरको सेतो मैनबत्ती बनेको छ । यस्तो मैनबत्तीले बजारमा कम्पनीको शेयर मूल्य बढेको संकेत गर्छ । आरएसआई ओभरबौज्ट जोन ७९ दशमलव २२ बिन्दुमा छ । यसले शेयर खरिद चाप उच्च रहेको देखाउँछ । कम्पनीको स्ट्यान्डर्ड डेभिएसन ११ दशमलव६९ बिन्दुमा छ । उतारचढाव न्यून रहेको देखाउँछ । यस्तो अवस्थामा जोखिम मध्यम हुन्छ भने प्रतिफल पनि मध्यम हुने गर्दछ । त्यस्तै, कम्पनीको मुभिङ एभरेज २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकअर्कामा टाढिएका छन् । हालको मूल्यरेखा यी दुवै मूल्यरेखाभन्दा माथि छ । बिहीबारको शेयर मूल्य रु. ३७२ देखि बजारको अवस्था परिवर्तन भई मूल्य सस्तिए रु. ३४० मा टेवा पाउने देखिन्छ । कम्पनीको यो मूल्य ५९ कारोबार दिनयताकै उच्च रहेको छ ।

सिटिजन्स बैंकले सिर्जना फाइनान्स प्राप्ति गर्ने  अन्तिम सम्झौतापत्रमा हस्ताक्षर

सिटिजन्स बैंक इन्टरनेसनलले सिर्जना फाइनान्सलाई प्राप्ति गर्ने अन्तिम सम्झौतापत्रमा हस्ताक्षर गरेको छ ।

तिनाउ मिसन पछि सिर्जना फाइनान्स गाभ्दै सिटिजन्स बैंक

२८ माघ, काठमाडौं । मिसन डेभलपमेण्ट बैंक लिमिटेडलाई गाभेर एकिकृत कारोबार गर्ने तयारी गरिरहेको सिटिजन्स बैंकले पुनः सिर्जना फाइनान्सलाई गाभ्ने भएको छ । बैंकर फाइनान्सबीच बुधबार एक्विजिशन सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ । सम्झौता पत्रमा …