काठमाण्डौ - सरकारले प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा कोभिड-१९ निर्देशक समिति गठन गरेको छ ।यसअघि उपप्रधानमन्त्री ईश्वर पोखरेलको नेतृत्वमा रहेको कोभिड-१९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी) निर्देशक समिति पनि खारेज भएको छ ।कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि भन्दै सरकारले ल्याएको ‘कोभिड-१९ सङ्कट व्यवस्थापन अध्यादेश, २०७८’ मा प्रधानमन्त्रीको नेतृत्वमा कोभिड-१९ निर्देशक समिति बनाउने उल्लेख छ । अध्यादेशमा प्रधानमन्त्री ओलीको नेतृत्व रहने निर्देशक समितिमा उपप्रधानमन्त्री पोखरेलसहित स्वास्थ्य तथा जनसङ्ख्या, गृह, अ...