धनुषामा मास्क नलगाउनेलाई जिल्ला प्रशासनले अब १०० रूपैयाँ जरिवाना तिराउने भएको छ । कोरोना भाइरसको संक्रमण बढ्दै जाँदा पनि मास्क नलगाउने प्रवृत्ति देखिएको भन्दै स्थानीय प्रशासनले कडाई गर्ने भएको हो ।
धनुषामा कोरोना सङ्क्रमण बढ्दै गएपछि मास्क नलगाउने माथि कडाइ गरिने भएको छ । प्रशासनले आइतबारदेखि मास्क नलगाउनेले एक सय रुपियाँ जरिवाना तिर्नुपर्ने जनाएको छ ।
कोरोना संक्रमण बढ्दै गएपछि धनुषामा मास्क नलगाउनेमाथि कडाइ गरिने भएको छ । प्रशासनले आइतबारदेखि मास्क नलगाउनेलाई एक सय रुपैयाँ जरिवाना गर्ने जनाएको छ । जिल्ला प्रशासन कार्यालय धनुषाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जिल्लामा मास्क लगाउनका लागि शुक्रबार र शनिबार दुई दिन जनचेतनामूलक कार्यक्रम गरिएको बताए । त्यसपछि पनि मास्क नलगाइएको पाइएमा सय रुपैयाँ जरिवाना असुल गरिने उनले बताए ।आइतबारदेखि मास्क नलगाउनेसँग एक सय रुपैयाँ दरले जरिवाना असुली गरिने पौडेलले बताए ।