नेकपा (एमाले)ले २५ भन्दा बढी सहभागिता रहने सबै कार्यक्रम स्थगित गर्ने भएको छ ।
सोमवार एक आन्तरिक सर्कुलर जारी गर्दै पार्टी तथा जनसंगठनका सबै कार्यक्रम स्थगित गर्न निर्देशन दिएको हो ।
कोभिड–१९ को बढ्दो संक्रमणलाई ध्यानमा राख्दै २५ भन्दा बढी सहभागिता रहने सबै कार्यक्रम स्थगित गर्न पार्टी तथा जनसंगठनहरूलाई निर्देशन दिइएको एमाले केन्द्रीय कार्यालयले जनाएको छ ।