महन्थ ठाकुरले निर्वाचन आयोगमा पार्टीको नाम लोकतान्त्रिक समाजवादी पार्टी नेपाल दर्ता गराएका छन् । यसअघि जनता समाजवादी पार्टी (लोकतान्त्रिक ) प्रस्ताव गरिएकोमा शुक्रवार नाम परिवर्तन गरेर निवेदन दर्ता गराइएको कार्यकारिणी सदस्य केशव झाले बताए ।
ठाकुर अध्यक्ष रहेको उक्त पार्टीमा एक जना वरिष्ठ नेतामा शरतसिंह भण्डारीलाई समेत थपिएको उनले बताए । यसअघि वरिष्ठ नेतामा राजेन्द्र महतो मात्रै थिए । महतो र भण्डारी अब दुवै जना पार्टीमा वरिष्ठ नेता हुनेछन् ।
त्यसबाहेक २४ सदस्यीय कार्यकारिणी समितिमा सात जना महिलालाई थप...