काठमाडौं : लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालको कार्यकारिणी समितिको बैठक आज बस्दैछ। बबरमहलस्थित पार्टी कार्यालयमा शनिबार दिउँसो १२ बजे बस्ने बैठकमा संगठन निर्माणको विषयमा छलफल हुने नेता लक्ष्मणलाल कर्णले जानकारी दिए।कर्णका अनुसार बैठकमा प्रदेश र स्थानीय तहका जनप्रतिनिधिलाई निर्वाचन कार्यालयमा स्वघोषणा गराउने विषयमा छलफल हुनेछ। आन्तरिक रुपमा सांगठनिक संरचना निर्माण कुन प्रक्रियाबाट गर्ने भन्ने विषयमा नेताहरुबीच कुराकानी हुनेछ।पार्टी सदस्यता, विधान घोषणा र नियमावलीबारे पनि छलफल गर्ने तयारी