विगतमा गाभ्ने गाभिने तथा प्राप्ति (मर्जर तथा एक्विजिसन) प्रक्रियापछि सेयर कारोबारमा सेयरधनीलाई दिइएको करछुट सरकारले असुल्न लागेको छ । थप सेयर निष्कासन (एफपीओ) र ‘बार्गेन पर्चेज गेन’ प्रक्रियामा बैंक तथा वित्तीय संस्था, बिमा कम्पनीलगायतबाट ठूलो राजस्व असुलेको सरकारले मर्जर तथा एक्विजिसन प्रक्रियापछि सेयर कारोबारमा दिइएको करछुट असुल्न लागेको हो ।