आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ समावेशी समूहमा खस आर्य समूहका उम्मेदवारको बाहुल्य देखिएको छ । प्रतिनिधिसभातर्फ कूल दुई हजार चार सय १२ उम्मेदवारमध्ये खस आर्य समूहमा सबैभन्दा बढी एक हजार १७ जनाको उम्मेदवारी कायम भएको निर्वाचन आयोगको तथ्याङ्क छ । आदिवासी जनजाति समूहमा छ सय ४१, मधेसी समूहतर्फ पाँच सय छ, दलिततर्फ ९७, मुस्लिमतर्फ ८२ र थारु समूहतर्फ ६९ जनाको उम्मेदवारी कायम भएको छ । प्रदेश सभातर्फ पनि खस आर्य समूहका उम्मेदवार बढ