मेयर बालेन्द्रले पत्रकारमाथि दुर्व्यवहार गरेकै हुन् ?

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले पत्रकारमाथि दुर्व्यवहार गरेको आरोप लागेको छ । नेपाल पत्रकार महासंघले विज्ञप्ति नै जारी गरेर साहको हर्कतले प्रेस स्वतन्त्रतामा आँच पुगेको दाबी गरेको छ ।

सम्बन्धित सामग्री

बालेनले गरे हिमालय टिभीका पत्रकारमाथि दुर्व्यवहार

काठमाडौँ । समाचार सङ्कलनका लागि टेकुस्थित फोहर सङ्कलन केन्द्रमा पुगेका हिमालय टेलिभिजनका पत्रकारलाई काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साहले दुर्व्यवहार गरेका छन् । समाचार सङ्कलनका लागि टेकुस्थित वातावरण विभाग पुगेका हिमालय टेलिभिजनका पत्रकार प्रिन्स मिश्र र क्यामेरा पर्सन अष्भिट लामालाई साहले धम्की दिँदै फोहोर व्यवस्थापन सम्बन्धी खिचेको भिडियो मेटाउन र समाचार सङ्कलनमा पुगेका पत्रकारलाई केन्द्रबाट बाहिर […]

बालेन शाहले दुर्व्यवहार गरेको भन्दै पत्रकार महासंघको आपत्ति

नेपाल पत्रकार महासंघले काठमाडौं महानगरपालिकाका मेयर (प्रमुख) बालेन शाहले हिमालय टेलिभिजनका पत्रकारमाथि दुर्व्यवहार गरेको भन्दै आपत्ति जनाएको छ । बुधबार दिउँसो १ः०० बजे टेकुस्थित वातावरण विभाग पुगेका टेलिभिजनका पत्रकारद्वय प्रिन्स मिश्र र अष्भिट लामालाई साहले बुम र क्यामेरा देख्नेवित्तिकै दुर्व्यवहार गर्दै खिचिएका सामग्रीसमेत मेटाउन लगाएको महासंघका महासचिव रोशन पुरीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । महानगरपालिकाले डम्पिङ साइडबाट सञ्चालन गर्ने ग्यास प्लान्ट र फोहोरको अवस्थाबारे समाचार