म रेल विभागमा हुँदा भारतको सहयोग पाएको थिएः गुरु भट्टराई

काठमाडौं, २० माघ । पूर्वधार विज्ञ गुरु भट्टराईले आफु रेल विभागमा भएको समयमा भारतले असहयोग नगरेको बताएका छन् । आज बिहान नेपाली रेडियो नेटवर्कको कार्यक्रम ‘नेपाली बहस’मा पत्रकार ऋषि धमलासँग बोल्दै उनले भारत सरकारले रेल विभागको हकमा नेपाल सरकारलाई सहयोग गरेको दाबी गरेका हुन् । साथै, उनले छिमेकी राष्ट्र भारत र चीनले नेपालमा एमसीसी पास […]

सम्बन्धित सामग्री

एमसीसी नेपालको हितमा छ, त्यसलाई एक्सेप्ट गर्नुपर्छ : गुरु भट्टराई (भिडिओसहित)

काठमाडौं, ९ मंसिर । रेल विभागका पूर्व महानिर्देशक गुरु भट्टराईले विकासको एजेण्डामा कसैले पनि पक्ष वा विपक्ष गर्न नहुने बताएका छन् । उनले अमेरिकी सहयोग सम्झौता एमसीसी नेपालको हितमा रहेको बताएका छन् । उनले भने,‘म एमसीसीको पक्ष र विपक्षमा होईन, एमसीसी नेपालको हितमा छ, त्यसलाई एक्सेष्ट गर्नुपर्छ । यो एमसीसी नेपालको हितमा छ । हामीले […]

रेल्वे कम्पनीको महाप्रवन्धकमा निरन्जन झा नियुक्त

भदौ ४, काठमाडौं । सरकारले रेल्वे कम्पनीको महाप्रवन्धकमा निरन्जन झालाई नियुक्त गरेको छ । बिहीवार बसेको मन्त्रिपरिषद बैठकले कम्पनीको महाप्रवन्धमा झालाई नियुक्त गर्ने निर्णय गरेको हो । सप्तरी जिला राजविराज नगरपालिका- १ स्थायी घर भएका महाप्रवन्धकमा नियुक्त भएपनि झाले रेल सञ्चालनका लागि कटिबद्ध भएर काम गर्ने सञ्चाकर्मीहरुलाई बताएका छन् ।  यसअघि कम्पनीको  महाप्रवन्धकमा गुरु भट्टराई थिए । सरकारले  स्पष्टीकरण सोधेकोमा उनले स्पष्टीकरण नदिइकन राजीनामा दिएका थिए ।

महोत्तरीबासीकाे रेल चढ्ने सपना  छिट्टै पूरा हुने विश्वास

जब चाँडै रेल सेवा सञ्चालनमा आउने खबरको चर्चा शुरु हुन्छ महोत्तरीको लोहारपट्टी नगरपालिका–४ खुट्टापिपराढीकी ७२ वर्षीया राजकली चौधरी (यादव) को मरिसकेको मन फेरि बौरिन थाल्छ । पछिल्ला तीन वर्षयता ‘रेल अब चल्छ’ भन्ने सुन्दा अब त रेल चढिन्छ कि भनेर हौसिने गर्नुहुन्छ उहाँ । जब त्यो खबर सेलाउँदै जान्छ अनि राजकली र उहाँजस्तै यहाँका स्थानीयवासीको मन पनि मर्ने गर्दछ । “कि कहु बौवा, तेसुरे साल रेल चलके वात छल, मुदा ओहिना हल्लेमे सिमटागेल” (के भनौ बाबु, परार नै रेल चल्ने कुरा थियो तर कुरैमा मात्रै रह्यो) भारतको जयनगरदेखि धनुषाको कुर्थासम्म २०७५ को हिउँदमै रेल सेवा सञ्चालन हुने सुन्नुभएकी राजकलीले बुढेसकालले चाउरिएर मुजैमुजा परेको अनुहार अपत्यारिलो बनाउँदै भन्नुभयो,“अहु बेर आब किछे दिनमें रेल चलके वात सुनैछी, चलत त बुझब जे रेल चल लागल ।” (यसपाली पनि केही दिनभित्रै रेल चल्ने कुरा सुन्दैछु, तर अब चले बुझाैंला कि रेल चल्यो भनेर) ।           भारतीय सहयोगमा अझै निर्माणधीन रहेको बर्दिबास (महोत्तरी)–जनकपुरधाम –धनुषा)–जयनगर (भारत) सम्मको ६९ किलोमिटर लामोदूरीको रेल सेवाको जयनगरदेखि कुर्था (धनुषा)सम्म ३४ किमी दूरीमा लिक तयार भएको तीन वर्ष भइसकेको छ । त्यसयता प्रत्येक हिउँदअघि यसपाली रेल चल्छ भन्ने कुरा चले पनि के के नपुगेको भनेर रेल चल्न नसकेपछि यसपाली पनि राजकली चौधरीलाई केही दिनभित्रै रेल चढ्न पाइने चर्चा अहिलेसम्म कुरामात्रै लागेको छ । राजकली चौधरीकै बुहारीहरु पूजा अधिकारी र मञ्जु यादव पनि रेल चढेर माइत जाने रहर कहिले पूरा होला भनेर पर्खी बस्नुभएको छ ।           धनुषाको कुर्था महोत्तरीको लोहारपट्टी नगरपालिका र पिपरा गाउँपालिकासँगै जोडिएको छ । राजकली चौधरीको घर त कुर्था स्टेसनबाट तीन किमीभन्दा पनि नजिक छ । लोहारपट्टी नगरपालिकाका खुट्टापिपराढी, महदैया, तपनपुर, मधेपुरा र बगडा कुर्थाबाट जोडिएका बस्ती हुन् । त्यस्तै पिपरा गाउँपालिकाका रतौलीका बस्ती पनि कुर्थासँगै जोडिएका छन् । यसैले कुर्थासम्म रेल चल्ने कुरा चलेपछि यी बस्तीमा छुट्टै उमङ्ग थपिएको देखिन्छ । तर चर्चाअनुसार रेल नचलेपछि पलाएको उत्साह मर्ने गरेको यस भेगका बासिन्दा बताउँछन् ।           खुट्टापिपराढीकै उमेरले ९० वर्ष टेक्दै गर्नुभएका धरखन कवारी पनि रेल चल्ने कुरा चलेपछि बुढ्याँइले गाँजेको शरीर फूर्तिलो बन्ने बताउनुहुन्छ । विगतमा रेल सेवा नै यातायातको मुख्य साधन रहेको आफ्नो ठाउँमा फेरि रेल चलेर जयनगर बजार हेरेर फर्कने ठूलो रहर रहेको कवारी बताउनुहुन्छ ।           विगतमा जयनगर–जनकपुर–विजलपुरा (भङ्गाहा, महोत्तरी) रेल चल्दा विवाहपञ्चमी मेला (उत्सव) हेर्न जनकपुर गइएको भङ्गाहा नगरपालिका–४ पलारकी सियानकीदेवी बातरलाई झलझली सम्झना छ । “हमसभ सालोसाल मेला देख जाय छली, मुदा रेल बन्द भेला करिब २० साल भगेल, अईबीचमें एकोबेर जनकपुर नई गेली” (हामी रेल चढेर विवाहपञ्चमी मेला हेर्न प्रत्येक वर्ष जनकपुर जाने गथ्र्यांै, तर रेल चल्न छाडेपछि भने पछिल्लो २० वर्ष जनकपुर गइएको छैन) सियानकीले भन्नुभयो । अब रेल चलेपछि भने सपरिवार रेल चढेर जनकपुर जाने करिब ५० वर्षीया सियानकीको धोको छ । पहिले जयनगर, जनकपुर हुँदै बिजलपुरासम्म चल्ने रेल २०५८ सालको वर्षात्को भेलले बिग्ही नदीको पुल भत्काएपछि सेवा बन्द भएको हो ।           यसअघि विसं २०७५ यता जयनगरदेखि कुर्थासम्म रेल लिक तयार भएर चाँडै रेल चल्ने कुरा धेरैजसो अनुमानमा आएका नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक गुरु भट्टराई बताउनुहुन्छ । “लिक तयार भएपछि सर्वसाधारणलाई अब रेल सञ्चालनमा आइहाल्छ भन्ने लागेको हो, तर हामीसँग रेलका इञ्जिन, डिब्बा र आवश्यक जनशक्ति केही थिएन नि ।” बितेका दुई वर्षबीच रेल सञ्चालनमा आइसक्ने स्पष्ट पार्दै भट्टराईले भन्नुभयो,“बल्ल यसपालि गत असोजमा रेलका इञ्जिन र डिब्बा आएका छन्, आवश्यक जनशक्ति र अन्य प्रबन्धमा हामी लागेका छौं, यसपालि भने अब आउने माघभित्र कुर्थादेखि जयनगरसम्म रेल सञ्चालनमा आउनेछ ।”           यसपालि माघभित्र कुर्था–जयनगर रेल चल्ने खबरले कुर्था ओरपरका बासिन्दा उत्साहित भएका छन् । खासगरी महोत्तरीका लोहारपट्टी, पिपरा, बलवा र भङ्गाहासहितका स्थानीयतहका बस्तीमा आम किसान आफ्नो फसलले तत्काल बजार पाउने आसमा छन् । “अब हामीकहाँ उत्पादित दूध र अन्य कृषि फसल जनकपुरदेखि जयनगरसम्मको बजारमा तत्कालै पुग्नेछ” लोहारपट्टी नगरपालिका–४ का वडाअध्यक्ष जीतेन्द्र चौधरीले भन्नुभयो, “यसले किसानको जीवनस्तरमा निश्चित सुधार ल्याउनेछ ।” कुर्थाबाट ५÷६ किलोमिटरको दूरीमा पर्ने भङ«गाहा नगरपालिकाको हरिणमरी, अजगेवा, भीमगढ, कटैया र टिकुलियासम्मका किसानले रेल चलेपछि आफ्नो बारीको तरकारी तुरुन्तै भारतीय बजारसम्म पुग्ने आश पालेका छन् ।     “रेल चलौक त जीवन बड आसान भजायत” (रेल चलेपछि जीवन सजिलो बन्नेछ) भङ्गाहा नगरपालिका–९ हरिनमरी सखुवाटोलका ६५ वर्षीय राजवीर यादव भन्नुहुन्छ, “मुदा बुझाइय जिनगी अही भरोसे लटकल रहत” (तर लाग्दैछ जीवन यसै आशामा रही रहेको छ ) । तीन वर्षयता प्रत्येक वर्ष रेल चल्ने कुरा बाहिरिने गरे पनि कुरामै सीमित भएपछि अब चलेपछि चलेछ भन्ने यादवको भनाइ छ ।