नेपाली कांग्रेसका नेता सुरेन्द्रराज आचार्यको पहलमा बाणगंगा नदीको ऋगीघाटदेखि यशोधरा गाउँपालिका र महाराजगंज नगरपालिकाको भारतीय सीमानासम्म तटबन्ध निर्माण हुने भएपछि अहिले यहाँका स्थानीयमा आशा पलाएको छ । हरेक वर्षको नदी कटानका कारण जोखिममा रहेका नागरिकलाई तटबन्ध नहुँदा नदी कटान र डुबानको सास्ती भोग्नु पर्ने बाध्यता अब अन्त्य हुने भएको छ ।