हुम्लाको सिमकोट गाउँपालिका ७ को डाडाफयामा रहेको चुक्याडी खानेपानीको काम गरेको एक वर्ष बितिसक्दा पनि ज्याला नपाएपछि स्थानीयले जिल्ला प्रशासन कार्यालयमा उजुरी गरेका छन् । आर्थिक वर्ष ०७८/७९ को लापा संस्थाबाट सञ्चालन भएको योजनाको काम गरेको एक वर्ष बितिसक्दा पनि ज्याला नपाएपछि स्थानीयले जेठ ९ गते उजुरी दिएका हुन् ।