हिजोआज जताततै महँगी बढेको छ । खानेतेल प्रतिलिटर रु. ४ सय भन्दामाथि पुगेको छ भने पेट्रोल प्रतिलिटर रु. १८० भएको छ । सर्वसाधारण जनता महँगीले ढाड सेक्यो भनिरहेछन् । तर सरोकारवाला र आम नागरिक महँगीविरुद्ध आन्दोलन गर्न एकजुट हुन सकेको अवस्था छैन ।व्यापारी, ठेकेदार, निर्माण व्यवसायीहरू निर्माण होलिडे मनाइरहेका छन् । छड, डन्डी, सिमेन्ट, जस्तापाता, बिटुमिन, इन्धन, पेट्रोल, डिजेल जस्ता सामग्रीमा भएको अचाक्ली महँगीले गर्दा बाध्य भएर निर्माण होलिडे मनाउनु परेको व्यवसायीको गुनासो छ । मूल्य किन र कसरी बढ्यो