भारतको तिरुपतिमा रहेको एसभीआरआर सरकारी अस्पतालमा सोमवार साँझ अक्सिजन नआइपुग्दा ११ जना कोरोना रोगीको मृत्यु भएको छ ।
मृतकको यकिन संख्याको आधिकारिक घोषणा हुन बाँकी नै छ ।
सरकारले दाबी गरेअनुसार, जम्मा पाँच मिनेट अक्सिजन आपूर्ति बन्द हुँदा यो त्रासदी हुन पुगेको हो । तर केही रोगीका आफन्तहरू अक्सिजन आपूर्ति कम्तीमा २५ मिनेट रोकिएको बताउँछन् ।
उक्त अस्पतालमा १३५ वटा आईसीयू बेड छन् र ४०० भन्दा बढी अक्सिजन बेड छन् । त्यहाँ ११ सयजना कोभिड रोगीहरू भर्ना भएका छन् ।
स्रोतहरूले द टाइम्स अफ इन्डिय...