चीन र भारतबीच सीमाको विषयलाई लिएर सधै तनाव हुँदै आएको छ । यो अवस्थामा चीनले ४ खुट्टावाला विश्वकै ठूलो रोबोट याक बनाएको दाबी गरेको छ । चिनियाँ मीडियाका अनुसार यो रोबोटले १६० किलोसम्मको तौल उठाउन सक्छ र १ घन्टामा १० किलोमीटरसम्म हिँड्न सक्छ । चीनको यो रोबोट याकले भारतीय सीमामा पहाडी इलाकाको जासूसी गतिविधि गर्न सक्ने र चिनियाँ सैनिकलाई कठिन परिस्थितिमा यसले हतियारको आपूर्ति गर्न सक्ने भारतीय सञ्चार माध्यमले बताएको छ । चीनको सरकारी मिडियाका अनुसार यो रोबोटलाई विशेष रुपमा त्यस