वातावरणमैत्री प्रविधिमा नेपालमै चाइनिज इटाको उत्पादन सुरु

नेपालमै अत्याधुनिक वातावरणमैत्री प्रविधिमा आधारित चाइनिज इटाको उत्पादन सुरु भएको छ। इटाभटाबाट वातावरण प्रदूषण बढेको भन्दै चर्काे आलोचना हुँंदै आएको तर नेपालमै पनि प्रविधि भित्रिएको झन्डै आधा शताब्दीपछि यस्तो अत्याधुनिक प्रविधिबाट चाइनिज इटा उत्पादन थाल्न ...

सम्बन्धित सामग्री

चोयाको सामग्री बुन्ने सिप हस्तान्तरण

उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले पुख्र्यौली पेसा संरक्षण गर्नुका साथै सिप हस्तान्तरण गर्न थालेको छ । गाउँपालिकाको वडा नं. ७ घराम्दीमा स्थनीय उत्पादनको प्रयोग गरेर सामग्री बनाउने सिप संरक्षण तथा हस्तान्तरणका लागि कार्यक्रम सुरु गरिएको छ । स्थानीय रूपमै पाइने बाँस तथा निगालोको चोयाबाट वातावरणमैत्री तबरले सामग्री उत्पादन गर्ने सिपलाई नयाँ पुस्तामा हस्तान्तरण गर्नुका साथै उक्त सिप संरक्षणका लागि पहल थालिएको छ ।

पाँचखालको तरकारीमा विषादी अवशेष घट्यो

काठमाडौँ, १४ चैत । पाँचखाल नगरमा उत्पादन हुने तरकारीमा विषादीको अवशेष घटेको पाइएको छ । नगरलाई विषादी मुक्त बनाउँदै कृषि उत्पादन वृद्धि गर्ने उद्देश्यले पाँचखाल नगरपालिका र लवग्रीन नेपालले पाँच वर्षअघि सुरु गरेको वातावरणमैत्री एकीकृत दिगो कृषि विकास परियोजना (आइपीएम)ले कीटनाशक तथा ढुसीनाशक विषादी प्रयोग कमी आएको तथ्याङ्क सार्वजनिक गरेका छन् । पाँचखालको विभिन्न मितिमा […]

प्लास्टिकको झोलाको विकल्पमा बायोब्याग्स बजारमा, मकैको स्टार्चबाट बन्छ झोला

अब प्लास्टिकको झोलाको विकल्पमा बायोब्याग्स बजारमा आउने भएकोछ । मकैको स्टार्चबाट पनि झोला बन्छ भन्दा धेरै मानिसहरू विश्वास गर्दैनन् । यो बायोडिग्रडेबल झोला जस्को नाम बायो ब्यागस् अर्थात जैविक झोला हो ।बायोब्यागस प्रयोगपछि कम्पोष्ट मलसमेत बनाउन सकिन्छ। बायोब्यागस बाल्दा खरानीमा परिणत हुन्छ जसले यो ब्यागसलाइ वातावरणमैत्री बनाउन्छ ।वातावरणमा सजिलै व्यवस्थापन गर्न सकिने भएकाले यसको नाम नै जैविक झोला हो।प्लास्टिकको झोला प्रयोग गरेपछि न कम्पोष्ट मल बनाउन मिल्छ न त बाल्दा खरानी नै हुन्छ । प्लास्टिकको झोलाले वातावरणमा प्रदूषणमात्रै बढेको छ अहिले जताततै प्लास्टिक फोहरमात्रै देखिन्छ, जल, जमिन र जंगलमा प्लास्टिकजन्य फोहरको थुप्रो नै लागेको छ प्लास्टिकजन्य फोहर मानवको लागि मात्र नभई जीवजन्तु र वनस्पतिकै लागि अभिसाप बन्दै आएको छ । जबकी जैविक झोला वातावरणमैत्री छ ।व्यवस्थापन गर्न जटिल प्लास्टिकको झोलाको विकल्पको रुपमा भक्तपुरको सूर्यविनायक नगरपालिका ९ नंखेलस्थित बायो ब्यागस नेपाल प्रा लिले जैविक झोलाको उत्पादन सुरु गरेका छन्। करिब एक करोड लगानीमा उक्त उद्योग सञ्चालनमा ल्याएको कम्पनीका सञ्चालक दीपेश वेजू बताउँछन् ।मकैको स्टार्चबाट जैविक झोला बन्ने प्रविधि भित्र्याएका उद्योगी वेजूले जैविक झोलालाई बायो व्यागस नाम दिएका बताए । उद्योगमा एकदर्जन स्थानीय युवाहरुलाई रोजगारीसमेत दिएका र पोखरामा उत्पादन विक्री वितरण गर्न डिलरसमेत सञ्चालनमा ल्याइसकेको जानकारी दिए। अन्य सहरमा समेत डिलर खोल्ने तयारी तीव्र रुपमा भइरहेको उनले बताए। प्लास्टिक झोलाको विकल्पको रुपमा जैविक झोला उत्पादन गर्ने बायो ब्यागस नेपाल प्रा लि नेपालमा पहिलो उद्योग हो’, सञ्चालक वेजूले दावी गर्दै भने ।मकैको स्टार्चबाट बन्ने जैविक झोला प्रयोगपछि कम्पोष्ट मल बनाउन सकिन्छ । बान्दा पनि खरानी बन्छ,खरानी पनि मल नै हो ।उनले उद्योगबाट दैनिक जीवनमा प्रयोग हुने झोलासँगै औद्योगिक, सुपरमार्केट, होटल तथा रेस्टुराँ, किराना पसलमा प्रयोग हुने कभर, पाउच र रोल झोलाको उत्पादन धमाधम भइरहेको बताए। उनका अनुसार दैनिक जीवनमा प्रयोग हुने प्लास्टिकका झोलाजस्तै १ केजी, २ केजी, ५ केजी र १० केजी क्षमताका जैविक झोला उत्पादन भइरहेको बताए। मागअनुसार जुनसुकै तौल र साइजका झोला उत्पादन गर्छौ, सञ्चालक वेजूले भने, ।’हरेक वर्ष लाखौं टन प्लास्टिकजन्य फोहर ल्यान्डफिल साइट र खोलानालामा फ्याकिन्छ । प्लाष्टिकलाई खाना सम्झेर खाँदा हरेक वर्ष हजारों चराचुरुङ्गी, कछुवा लगायतका जनावरहरू मर्छन्। प्लाष्टिकका झोला जनावरले पचाउन सक्दैन। त्यसैले यो पेटमै रहन्छ, जनावरको पेटमा पुगेको प्लास्टिकले खाना पचाउनबाट रोक्छ, जसबाट धेरै ढिलो गरी ती जनावरले पीडादायी मृत्युवण गर्नुपर्छ। प्लाष्टिकको झोला क्षय हुन एकहजार वर्षसम्म लाग्ने बताइन्छ । जुन सबै जीवित प्राणीहरूको लागि हानिकारक साबित हुँदै आएको छ यसको व्यवस्थापनको लागि मानव जातिले चर्का मूल्य चुकाउँदै आउनु परेको छ तैपनि समस्या समाधान हुनुको सट्टा झन् विकराल बन्दै आएको छ। प्लास्टिक बाल्दा वायु प्रदूषण अत्यधिक बढ्छ। यो सइन वर्षों लाग्छ ।व्यवसायी वेजूले जैविक झोला उत्पादन गर्ने उद्योग स्थापना गर्नुअघि धेरै अध्ययनसमेत गरेका बताए। उनले प्लास्टिकजन्य झोला र अन्य उत्पादनले मानव जीवन र पर्यावरणमा पर्ने असर तथा प्रभावबारे समेत खाजेबिन गरेको बताउँछन्।प्लास्टिकजन्य उत्पादनबाट फाइदाभन्दा बेफाइदा धेरै देखेपछि यसको विकल्पको रुपमा जैविक झोला उत्पादन गर्नतिर आफू लागेको वेजूको भनाइ छ। मानव जातिले प्रत्येक वर्ष ६ ट्रिलियन प्लास्टिक झोला प्रयोग गर्छ र लगभग ८० प्रतिशत प्लास्टिक पुनः प्रयोग गर्न सकिंदैन। जुन सीधै ल्यान्डफिल वा समुद्रमा फालिन्छ, उनले भने, प्लास्टिक र प्लास्टिकजन्य फोहोरको प्रभावबारे कल्पना गर्नुहोस् न कति कहाली लाग्दो छ। त्यसैले हामीले विकल्पहरू अघि बढाउन अति आवश्यक भइसक्यो।’ उनले यस किसिमको उद्योग र उत्पादनतर्फ सरकारको समेत ध्यान जानुपर्नेमा धारणा राखे। सरकारले नसके निजी क्षेत्रलाई सहयोग र अनुदान दिन उद्योगी व्यवसायी वेजूले माग गरे । उनका अनुसार प्लास्टिकले मानव जीवनलाई धेरै तरिकामा सजिलो बनाइरहेको छ र यो मानिसको दैनिक जीवनको एक आवश्यक अंश भइसक्यो तर नसड्ने र बाल्न नहुने प्लास्टिकको विकल्पको रुपमा कम्पोस्टेबल एवं बायोडिग्रेडेबल जैविक झोलाको उत्पादन तथा प्रयोग गर्न ढिलो भइसकेको वैजूको तर्क छ।जैविक झोलालाई कम्पोष्टमा परिणत गरी माटोलाई उर्बर बनाउन सकिन्छ, यी उत्पादनमा कृत्रिम रसायनहरूको प्रयोग हुँदैन। यो जीव जनावरले सजिलै पचाउन समेत सक्छ’, उनले थपे, ‘यसले मानवको स्वास्थ्यसँगै जीवजन्तु तथा विरुवालाई कुनै हानी नोक्सानी गर्दैन। उल्टै पर्यावरण र समुद्र सफा राख्न मद्दत गर्छ। बोटविरुवाको लागि कम्पोष्ट मलको रुपमा खाद्य तत्व आपूर्ति गर्छ।’ उनका अनुसार बायो व्यागम् सामान्य प्लास्टिकका झोला भन्दा डेढ गुणा महंगो छ। तर यसले वातावरण संरक्षण र कृषि उत्पादन बढाउन गर्ने योगदानसामु यो मूल्य केही पनि होइन, वेजूले भने ।

नेपालमा वातावरणमैत्री ईट्टा उत्पादन

काठमाडौं । गोर्खाको पालुङटारमा नेपालमै पहिलो पटक स्वचालित मेसिनबाट वातावरणमैत्री ईट्टा उत्पादन सुरु भएको छ । गोर्खाको पालुङ्टारमा कोरियन कम्पनी इन्नोसीएसआरको सहयोगमा गोर्खा इन्नोटेक कम्पनीले पहिलो पटक स्वचालित मेसिनबाट वातावरणमैत्री ईट्टा उत्पादन सुरु गरेको हो । नेपालमा अहिलेसम्म चिम्नीमा पोलेको ईट्टा उत्पादन गर्ने उद्योग मात्रै रहेका छन् । तर चिम्नीबीना नयाँ प्रविधिमार्फत इन्नोसीएसआरले उच्च प्रविधिको […]

गाेरखामा चिम्नी विना नै इँटा उत्पादन सुरु

गाेरखा – गोरखाकाे पालुङटारमा नेपालमा नै पहिलो पटक स्वचालित मेशिनबाट वातावरणमैत्री इँटा उत्पादन सुरु भएको छ । गोर्खाको पालुङटारमा कोरियाली कम्पनी इन्नोसीएसआरको सहयोगमा गोर्खा इन्नोटेक कम्पनीले पहिलो पटक स्वचालित मेशिनबाट वातावरणमैत्री इँटा उत्पादन सुरु गरेको हो । नेपालमा अहिलेसम्म चिम्नीको प्रयोगबाट पोलेको इँटा उत्पादन गर्ने उद्योग मात्रै रहेका छन् । तर चिम्नी विना नयाँ प्रविधिबाट इन्नोसीएसआरले उच्च प्रविधिको प्रयोगबाट नपोलिएको इँटा उत्पादन सुरु गरेको छ ।  याे कम्पनीले नेपालमा पूर्वाधार निर्माणका लागि अस...

प्रिफ्याब प्रयोगबाट कम लागतमै बनाउन सकिन्छ आकर्षक घर

काठमाडौं । एउटा आरसीसी भवन निर्माण गर्न इँटा, बालुवा, सिमेन्ट, डन्डी जुटाएर मात्र पुग्दैन । घर बलियो हुन दक्ष कामदारको पनि त्यत्तिकै आवश्यकता पर्छ । समय र कामदार बढी लाग्ने यसको प्रमुख समस्या हो । आरसीसी भवन निर्माण सिमेन्ट, बालुवा, गिटी, डन्डी जुटाएर गर्नुपर्ने र वाल, ढलान आदिमा कम्तीमा पनि एकादेखि तीन सातासम्म क्युरिङ गर्नुपर्छ । रंगरोगन गरिरहनुपर्ने यसको अर्को झन्झटिलो समस्या हो । यी सबै झन्झटबाट मुक्ति दिन्छ, प्रिफ्याबले । प्रिफ्याब घर बनाउन अति सजिलो, सस्तो, वातावरणमैत्री, छिटो र भूकम्प प्रतिरोधी छ । घर बनाउन चाहेको जग्गा इन्जिनियरलाई देखाउने । इन्जिनियरले स्टिमेट र डिजाइन गरेअनुसार सामानको अर्डर गर्ने । सामान डेलिभरीपछि फाउन्डेसन निर्माण गर्ने र फिटिङ कार्य सुरु हुन्छ । यसरी निर्माण गरिने घर कम समय र खर्चमै बनाउन सकिने विशेषतायुक्त छ । प्रिफ्याबसम्बन्धी सामान्य जानकारी प्रिफ्याब भन्नाले सामान्य अर्थमा तयारी सामान वा पहिले नै बनेको (रेडिमेड) भनेर बुझ्न सकिन्छ । यसलाई अझ स्पष्ट रूपमा जान्न एस वाई नेपालका निरीक्षक चोई दोंग ईलको भाषालाई सापटी लिनु उपयुक्त होला । प्रिको अर्थ पहिलेको अनि याब्रिकेसनको अर्थ बनाउनु हो । अर्थात्, तोकिएको आकारमा बनेको सामानलाई कारखाना वा याकट्रीबाट पहिल्यै बनाउने भन्ने अर्थ लाग्छ । प्रिफ्याब घर सुरुदेखि अन्तिमसम्म निर्माणस्थलमा बनिने अरु भवनजस्तो नभई जग लेभल, छाना, पार्टेसन तोकिएको आकारमा बनिने भएका कारण गुणस्तरलाई नियन्त्रण गर्न सजिलो अनि समय बचाउन सम्भव हुन्छ । प्रायगरी प्रिफ्याब घरको राम्रो पक्ष जग, छाना, भित्री कोठा (बेडरुम, ट्वाइलेट, लिभिङ रुम) लाई निर्माणस्थलमा ल्याएर जोड्न मात्र पूरै अवस्थामा आउने हो । कारखानामा घरको मुख्य भागलाई बनाएर ल्याउन सकिने भएकाले साइटमा निर्माण गर्ने समय बचाउन सकिन्छ । नेपालमा तीन थरीका प्रिफ्याब उपलब्ध छन् । एकथरी कोरियन प्रविधि प्रयोग गरेर एस वाई प्यानल नेपालले बजारमा ल्याएको छ, जुन दुई पीपीजीआई सिटको बीचमा इन्सुलेसन प्रयोग गरेर बनाइएको हुन्छ । यसलाई स्यान्डविच प्यानल पनि भनिन्छ । यसमा ईपीएस (एक्सपाण्डेबल पोलिस्टेरियन) को प्रयोग गरिएको हुन्छ । । यो नजल्ने, हलुका, तातो र चिसो प्रतिरोधात्मक, आवाज (साउन्ड प्रुफ) रोक्ने गुणयुक्त हुन्छ । यो ०.४ मिमि पीपीजीएलद्वारा बनेको हुन्छ । यसमा एउटा घर बनाउन चाहिने सबै सामान उत्पादन हुन्छ । त्यसैगरी भारतीय कम्पनीबाट उत्पादित सामान प्रिफ्याब हाउस नेपाल प्रालिले बजारमा उपलब्ध गराइरहेको छ, जुन सिमेन्टको बोर्डबाट बनाइएको हुन्छ । यसमा तातो, चिसो प्रतिरोधी इन्सुलेसन भएको र नभएको दुवै थरी उपलब्ध छ ।  अन्य नेपाली कम्पनीबाट पनि प्रिफ्याब बन्ने गरेका छन्, जसमा चिनियाँ प्रविधि प्रयोग गरिएको हुन्छ । तर, यी दुई भारतीय र चिनियाँ कम्पनीबाट उत्पादित प्रिफ्याब वाल निर्माणका लागि मात्र उपलब्ध छन् । प्रिफ्याबका विशेषता प्रिफ्याब प्यानलको प्रमुख विशेषता भनेको वजनमा हलुका हुनु हो । हलुका भएको कारण नै यसबाट निर्मित भवन भूकम्प प्रतिरोधी हुन्छ । चिसो र तातो प्रतिरोधी, आवाज प्रतिरोधी, छोटो समयमा निर्माण गर्न सकिने, कम खर्चमा निर्माण गर्न सकिने, रंगरोगन गर्नु नपर्ने, आगो प्रतिरोधी, पुनः प्रयोग गर्न मिल्ने, एक ठाउँबाट अर्को ठाउँमा सजिलै सार्न मिल्ने आदि प्रमुख विशेषताले भरिपूर्ण छ । यसकारण प्रिफ्याबले घर बनाउनु लाभप्रद एसवाई प्यानल नेपालका जनरल म्यानेजर विमलराज गोसाईंका अनुसार पुरानो परम्परागत भवनभन्दा प्रिफ्याब भवन कम लागतमा निर्माण गर्न सकिन्छ । भवनमा बढी लागत फाउन्डेसन (जग) निर्माणमा लाग्छ । आरसीसी भवनको फाउन्डेसन निर्माणको दोब्बर अर्थात झन्डै ५० प्रतिशत कम लागतमा प्रिफ्याब फाउन्डेसनबाट बचत गर्न सकिन्छ । त्यसैगरी माथिल्लो तला निर्माणमा समेत ३० प्रतिशतसम्म लागत कम गर्न सकिने उनी बताउँछन् । चार कोठाको एक तले भवन निर्माण लागत अनुमानित १५ देखि २० लाखमा हुने उनको भनाइ छ ।   भूकम्प प्रतिरोधी र तलाअनुसार भवनको फाउन्डेसन बलियो बनाउनु पर्ने भएको कारण सोहीअनुसार इन्जिनियरद्वारा स्ट्रक्चरल विश्लेषण गरिनुपर्दछ । यो नियम दुवै (आधुनिक सिमेन्टेड र प्रिफ्याब) भवन निर्माणमा लागू हुन्छ । विशेषतः प्रिफ्याबबाट एक तलेदेखि तीन तलेसम्म भवन निर्माण गर्न उपयुक्त मानिन्छ । प्रिफ्याबबाट  बहुतले भवन पनि निर्माण गर्न सकिन्छ । त्यसका लागि स्ट्रक्चर एनालाइसिसअनुसार फाउन्डेसन बलियो बनाउनु आवश्यक छ । तलाअनुसार फलामको आइविम पिलर प्रयोग गरिन्छ । फलाम लचिलो हुने गुण भएकाले भूकम्पको कम्पनमा समेत भवन भत्किनबाट जोगिन सकेको हो । प्रिफ्याबका सामग्री हलुका हुने भएका कारण भवन लड्ने सम्भावना कम हुन्छ । यदि लडेर भवनमा क्षति भए पनि धनजनको क्षति कम हुन्छ । यसका अलावा यसका सामग्रीहरू फ्याक्ट्रीमै विभिन्न रंगमा उत्पादन हुने भएकाले रंग गर्ने झन्झट हुँदैन । थोरै लागत, कम समयमै निर्माण गर्न सकिने, हलुका हुने भएकाले भूकम्प प्रतिरोधी, चिसो र तातो प्रतिरोधी छ, यो प्रविधि । नेपालजस्तो भूकम्पको जोखिम रहेको देशमा यो प्रबिधिबाट भवन निर्माण अति उत्तम सावित हुन सक्छ । पुनप्र्रयोग गर्न सकिने र एक ठाउँबाट अर्को ठाउँमा सार्न सजिलो भएका कारण यो प्रविधि भाडाको जग्गामा भवन निर्माण गरी बस्नेहरूका लागि उपयोगी मान्न सकिन्छ ।

इन्टरलक इँटाले बनाउँछ भूकम्पीय प्रतिरोधात्मक र वातावरणमैत्री भवन

काठमाडौं । नेपालमा ०७२ को भूकम्पले पु¥याएको मानवीय क्षति र भौतिक संरचनाको आँकडाले अहिलेसम्म जोकसैलाई झस्काउने गरेको छ । भूकम्प आउनुअघि विज्ञहरूको चेतावनीलाई गहन रूपमा लिएर सुरक्षित आवास निर्माणमा ध्यान दिन सकेको भए यति धेरै क्षति बेहोर्नुपर्ने थिएन । भूकम्पीय क्षतिपछि पुनर्निर्माणसँगै भूकम्पीय प्रतिरोधात्मक भवन निर्माणसम्बन्धी विस्तृत अध्ययन सुरु भए । विभिन्न विज्ञहरूको खोज अनुसन्धानबाट प्रथमतः ढुंगा र माटोबाट भूकम्पीय प्रतिरोधात्मक भवन निर्माण विधि बन्यो र सोहीअनुसार भवन निर्माण भए, गरिँदै छन् । त्यसका अलावा विभिन्न स्वतन्त्र अध्ययनबाट एएसी ब्लक, इन्टरलक इँटा, फेब्रिकेटेडलगायतबाट सुरक्षित भवन निर्माण गर्न सकिने प्रविधि र सामग्री उपलब्ध हुन थालिसकेका छन् । भूकम्प प्रतिरोधी संरचना निर्माणका लागि इन्टरलक इँटाको महत्वबारे जानी राखौं । सस्तो, टिकाउ, सुलभ, बलियो र छोटो समयमै भूकम्प प्रतिरोधात्मक भवन निर्माण सबैको चाहना हुने गर्छ । यसलाई केही हदसम्म पूरा गरिदिएको छ, विल्ड अप नेपालले । रातो इँटा उपलब्ध नहुने स्थानमा समेत इन्टरलक इँटा उत्पादन गर्न सकिन्छ । उद्योग सञ्चालन गर्न चाहनेलाई चार दिने तालिम र मेसिन उपलब्ध गराएर उद्यमी बन्न सहयोग पु¥याएको छ । सामान्य इँटाजस्तोे पोल्न नपर्ने भएकाले यसलाई वातावरणमैत्री मानिन्छ । यो माटो, बालुवा र सिमेन्टको प्रयोग गरेर निर्माण गरिन्छ, जसले इन्सुलेसनको कार्य गर्दछ । माटोमा तातो र चिसो सोस्ने गुण हुने भएकाले गर्मी र चिसोबाट सुरक्षित राख्न सहयोग पु¥याउँछ । सरकारले तोकेको इँटाको मापदण्ड ३.५ एमपिए (मेगापासकल) हो जबकि यसको मापदण्ड १५ एमपिएसम्म छ । यो इँटाको प्रमुख विशेषता भनेकै कम खर्चमा भूकम्प प्रतिरोधात्मक भवन निर्माण हो । अन्य इँटाभन्दा यो इँटाबाट २५ प्रतिशत कम खर्चमा भवन निर्माण गर्न सकिन्छ । सिमेन्ट र बालुवाको मात्रा प्रयोग कम हुनु र इँटाको फिनिसिङ राम्रो भएका कारण प्लास्टर गर्नुपर्ने झन्झट पनि हुँदैन । यस्तो इँटा साइज ९ इन्च र ६ इन्चको साइजमा उपलब्ध हुने गरेको छ । साइज ठूलो र वाल निर्माण गर्न सजिलो भएका कारण अन्य इँटामा भन्दा कम मजदुरको प्रयोगबाट भवन निर्माण गर्न सकिन्छ । यस इँटाबाट कम खर्चमा भवन निर्माण हुनुमा सिमेन्टको कम प्रयोग, प्लास्टर गर्नु नपर्ने र कम कामदारको प्रयोग गरे हुनु रहेको छ । इन्टरलक इँटा भूकम्प प्रतिरोधात्मक हुनुको प्रमुख कारणमा पहिलो, यसको बनाबट नै दुई वटा इँटा एकापसमा जोड्न मिल्ने गरी बनाइएको हुन्छ । दोस्रो, इँटाको बीचमा दुई वटा प्वाल राखिएको हुन्छ, जसको प्वालमा डण्डी राखिन्छ । सो प्वालमा सिमेन्टको घोल राखिन्छ, जसले गर्दा इँटालाई बाँधेर राख्ने काम गर्दछ र वाल बलियो बनाउँछ । यसले गर्दा वाल हल्लिन पाउँदैन र भूकम्पले क्षति पुर्‍याउन सक्दैन । के हो इन्टरलक इँटा ? इन्टरलक इँटा दुई किसिमले उत्पादन हुने गरेको छ । पहिलो, माटो, सिमेन्ट र बालुवाको मिक्सबाट बनाउने गरिन्छ । अर्को, धुलो र सिमेन्टको मिक्सबाट बनाउने गरिन्छ । यो धुलो गिटी बनाउने क्रसर उद्योगबाट आउने धुलो प्रयोग गरिन्छ । तर, नेपालमा विशेषगरी माटो, सिमेन्ट र बालुवाको प्रयोगबाटै इँटा बनाउने गरिएको छ । यो रातो इँटाजस्तो पोल्नुपर्दैन । बालुवा, सिमेन्ट र माटोको मिश्रणलाई मेसिनमा राखिन्छ र बिजुलीको करेन्ट हिटिङमार्फत पकाउने कार्य हुन्छ । सो इँटालाई प्रेस गरेर मेसिनबाट बाहिर निकालिन्छ । बाहिर निकालेको २४ दिनसम्म छायामा राखिन्छ र २१ दिनसम्म क्युरिङ गरिन्छ । त्यसपछि मात्र प्रयोग गर्न उपयुक्त मानिन्छ । यसको विशेषता भनेको स्थानीय क्षेत्रमै उत्पादन गर्न सकिन्छ । बिल्ड अप नेपालका अधिकारी इन्द्रका अनुसार बालुवायुक्त खस्रो माटोमा यो इँटा बनाउन सकिन्छ । चिम्टाइलो र बढी लेसिलोयुक्त माटोमा बनाउन मिल्दैन । त्यसैले खस्रो माटो भएको स्थानमा जहाँ पनि उत्पादन गर्न सकिने भएकाले स्थानीय रूपमा समेत उत्पादन गर्न सकिन्छ । त्यसकारण पनि यो इँटा नेपालको धेरै जिल्लामा उत्पादन भइरहेको छ । यसको उद्योग सञ्चालन गर्न अन्य उद्योगजस्तो ठूलो क्षेत्र नचाहिने, एक–दुई जनाले नै मेसिन सञ्चालन गरेर उत्पादन गर्न सकिने भएकाले पनि यसको उत्पादन लागत अन्य इँटाको तुलनामा कम हुन्छ । दुर्गम क्षेत्रमा समेत उत्पादन गर्न सकिने र भूकम्प प्रतिरोधात्मक भएकाले नेपालका लागि यो इँटाको प्रयोग गरेर भवन निर्माण गर्नु बुद्धिमानी हुन्छ ।

जुट खेती प्रोत्साहन गर्न सकिए कच्चा जुट निर्यात सम्भव

वातावरणमैत्री, माटो, हावापानी र समाजमैत्री जुट (जसलाई जनमानसको भाषामा पटुवा पनि भनिन्छ) को इतिहास लामो छ । शतप्रतिशत कुहिने, जैविक, वातावरणमैत्री र स्वास्थ्यमैत्री उत्पादन भएका कारण यसको उपयोगिता विश्व बजारमा बढ्दो छ । हरियो जुटको रेसाबाट धेरै प्रकारका उपभोग्य वस्तु तयार गरी हाल प्रचलनमा रहेका प्लास्टिकजन्य वस्तुको विकल्पको रूपमा यसका तयारी वस्तुको प्रयोग र प्रभाव विश्व वजारमा बढ्दो छ । दक्षिण एसियाको मात्र कुरा गर्ने हो भने बंगाल क्षेत्रलाई जुटका लागि उर्बर भूमिका रूपमा लिइन्छ । सन् १८५६ मा बंगालमा प्रथम जुट उद्योग स्थापना भएको पाइन्छ । भारतको पश्चिम बंगाल, बंगलादेश र नेपालको पूर्वी तराईका जिल्ला झापा, मोरङ, सुनसरी, सप्तरी र सिरहा जुट खेती हुने मुख्य क्षेत्र हुन् । भारतको पश्चिम बंगाल हुँदै झापा, मोरङ, सुनसरीमा जुट खेती फैलिएको देखिन्छ । जुट खेती सुरु हुँदा प्रशस्त कच्चा जुटको उत्पादन भए पनि जुट उद्योग नभएका कारण कच्चा जुट भारत र पछि भारत हुँदै तेस्रो मुलुक निर्यात हुन थालेको हो । दोस्रो विश्वयुद्धपछि युरोपमा आएको मन्दीले कच्चा जुटको उचित मूल्य पाउँदा नेपाली जुट व्यवसायीले राम्रो आम्दानी गरेका कारण मुलुकको निर्यात व्यापार त्यस समय राम्रो भएको पाइन्छ । जुट खेतीका सबल पक्ष प्रारम्भदेखि ०४०/५० को दशकसम्म पूर्वी नेपालमा मनग्ये जुट खेती हुने गरेको थियो भने यसबाट कृषकले राम्रो आम्दानी लिएका थिए । अन्य बालीको तुलनामा जुटको सबल पक्ष भनेको चैत, वैशाखमा यसको खेती गरी करिब ५ महिनापछि अर्थात् भदौ, असोज महिनामा यसबाट प्रतिफल आउनु हो । नेपालीहरुको चाडवाडको समय आवश्यक पर्ने गर्जो टार्न ठूलो सहयोग दिने नगदेबालीको रूपमा यसलाई लिइन्थ्यो । यो बाली पूर्ण रूपमा ‘बायोडिग्रडेबल’ भएकाले यो वातावरणमैत्री छ । वातावरण संरक्षणमा यसको ठूलो महत्व रहेको छ । जुट बालीको जरामा एक किसिमको दाना हुन्छ र यसको जराले प्रांगारिक मलको काम गर्छ । जुटको कटाइपछि यसलाई अमारी (जुटको पात गुम्स्याइने एक किसिमको परम्परागत प्रविधि) लगाई करिब १ सातापछि यसको पात झारिने भएकाले अर्को बालीका लागि प्रांगारिक मलको काम गर्दछ । विशेषगरी नेपालको पूर्वी तराईमा जुट खेतीपछि असोज, कात्तिकमा तोरी, गहुँलगायत बाली लगाइन्छ । जुट खेतीबाट माटोलाई आवश्यक पर्ने सबै प्रकारका पोषक तत्व मिल्ने भएकाले अर्को बालीलाई कुनै पनि मलखाद आवश्यक पर्दैन । नगदे बालीको रूपमा स्थापित जुट खेती अहिले घट्दो क्रममा छ । जुट उद्योगका लागि सुहाउँदो हावापानी, माटो र नगदे बाली भएर पनि यसको संरक्षण र उत्पादन वृद्धि हुन नसक्नु दुःखद हो । सन् १९८० मा ६८ हजार मेट्रिक टन रहेको जुट उत्पादन सन् १९१७ सम्म आइपुग्दा घटेर ९ हजार ७ सय मेट्रिक टनमा झरेको छ । सन् २०१८ मा जुट खेती केही बढेको देखिए पनि खासै प्रगति उन्मुख देखिएको छैन । जुट उत्पादनका प्रमुख समस्या विश्वव्यापी जुटको बढ्दो माग, वातावरणमैत्री, हावापानी, माटो सुहाउँदो र प्रचुर सम्भावना भएको बाली भए पनि विविध कारणले कृषक यो खेतीतर्फ विमुख हुँदै गएका छन् । जुट झन्झटिलो खेती पनि हो । खेती सुरु गरेदेखि उत्पादन हुन्जेलसम्म विभिन्न झन्झट बेहोर्नुपर्दछ । यसको उत्पादन प्रक्रिया अन्य बालीको तुलनामा धेरै लामो हुन्छ । यसलाई कुहाउन पहिलोजस्तो खाल्डो वा पानी जमेको ठाउँको अपर्याप्तता यसको अर्को गाह्रो पक्ष हो । बग्ने नदी वा ठूलो पोखरीजस्ता ठाउँमा गाडेर कुहाउन सकिँदैन । यसलाई परम्परागत ठूला तालजस्ता खाल्डा र पर्याप्त पानी आवश्यक पर्दछ । कुहाइसकेपछि यसलाई धुने काम जटिल हुन्छ । बारम्बार गोडमेल गर्नुपर्छ । राम्रो जातको मल, बिउ समयमा उपलब्ध नहुनु, रोगको अनुसन्धान एवं यसको निवारण नहुनु अनि यसका लागि सरकारी निकायबाट जानकारी र सहयोग प्राप्त नहुनुलगायत कारणले जुट खेती कम हुँदै गएको पाइन्छ । फेरिएको अवस्था अहिले खेती गर्ने समय र प्रविधिमा ठूलो परिवर्तन आएको छ । साविकमा जस्तो जुट खेतीमा उत्पादन खर्च लाग्दैन । गोरुले जोत्ने ठाउँमा ट्रयाक्टर पाइन्छ । झार मार्ने औषधी, सिँचाइमा सरकारी अनुदान एवं प्रविधि, यातायात सुविधाजस्ता विषय र उच्च मूल्यका कारण कृषकलाई यसतर्फ उत्साहित गर्दै जुट बालीतर्फ आकर्षण बढाउन सकिन्छ । जुट बालीमा हुने लागत र मुनाफाको अवस्था अन्य बालीको तुलनामा जुट बालीबाट राम्रो आम्दानी गर्न सकिन्छ । तर, यसका लागि समयमै मल, बिउ, यसको अनुसन्धान र खाल्डो खन्ने कार्यमा सरकारको सहयोग आवश्यक हुन्छ । कृषक लक्षित चेतनामूलक कार्यक्रम पनि गरिनुपर्दछ । यसका लागि नेपाल जुट उद्योग संघले चेतनामूलक कार्य गर्दै आएको उल्लेख गर्नु सान्दर्भिक हुन्छ । जुटको विगत र वर्तमान कच्चा जुटसँग जोडिएको अर्को पक्ष भनेको जुट उद्योग हो । मूल्य अभिवृद्धि भई निर्यात हुने एवं स्वदेशमै खपत हुने भएकाले यहाँ उपलब्ध कच्चा पदार्थ प्रयोग गरेर होस् वा कच्चा पदार्थ पैठारी गरेर नै किन नहोस् । जुटका विभिन्न सामान उत्पादन गर्ने गरी उद्योगको स्थापना हुनुपर्छ । मुलुकको आर्थिक विकासमा यसको ठूलो महत्व रहेको छ । कच्चा जुट निर्यात भइरहेको अवस्थामा यसको पर्याप्त उपलब्धता र उच्च मागका कारण मोरङको विराटनगरमा वि.सं. १९९३ मा नेपालकै पहिलो जुट उद्योग विराटनगर जुट मिल्स स्थापना भयो । प्रधानन्त्री जुद्धशमशेर राणाको समय स्थापित यो आधुनिक नेपाली औद्योगिक इतिहासको सम्भवतः प्रथम ठूलो उद्योग हो । विराटनगरमा जुट मिल्स स्थापना भएको १० वर्षपछि अर्थात् वि.सं. २००३ सालमा श्री रघुपति जुट मिल्स लिमिटेडको स्थापना भयो, जुन मिल्स आज पनि सञ्चालनमा छ । यसै क्ष्ोत्रमा थप ९ वटा मिल स्थापना भए । अरिहन्त मल्टी फाइबर्स, नेपाल जुट मिल, बाबा जुट मिल, स्वस्तिक जुट मिल, सीएम जुट मिल, निकको जुट मिल, गुहेश्वरी ट्वाइन, चन्द्र शिवा जुट मिल र पाथीभरा जुट मिल स्थापना भए । मोरङ र सुनसरीमा स्थापित यी मिलले मुलुकमा रोजगारी, सिर्जनाका साथै राजस्वमा योगदान दिएर आर्थिक विकासमा ठूलो योगदान पुर्‍याउँदै आएका छन् । विभिन्न समस्याका कारण केही वर्षयता कुल ११ मध्ये ५ वटा जुट मिल पूर्ण रूपमा बन्द भई ६ वटा मात्र सञ्चालनमा छन् । अरिहन्त मल्टी फाइबर्स, रघुपति जुट मिल्स, बाबा जुट मिल्स, स्वस्तिक जुट मिल्स, चन्द्र शिव जुट मिल्स प्रालि सञ्चालनमा छन् भने अन्य ५ वटा मिल बन्द भएका छन् । सबै जुट मिल सञ्चालनमा रहेको अवस्थामा प्रत्यक्ष रूपमा २० हजारभन्दा बढीलाई रोजगारी दिएको तथा निर्यात व्यापारमा ठूलो योगदान पुर्‍याएको देखिन्छ । हाल सञ्चालनमा रहेका जुट मिलले झन्डै १३ हजारलाई रोजगारी दिँदै आएका छन् भने करिब ७ अर्ब रुपैयाँ वार्षिक निकासी गरी निर्यात व्यापारमा योगदान पुर्‍याउँदै आएका छन् । सरकारको उच्च प्राथमिकता र सहयोगका कारण जुट मिलहरु अप्ठेरो अवस्थाका बीच पनि सञ्चालन हुन सकेका हुन् । जुट उद्योगका आन्तरिक तथा भारतसँगको द्विपक्षीय समस्या समाधान हुन सके बन्द भएका उद्योगसमेत सञ्चालनमा आउने र यसबाट आर्थिक विकासमा योगदान पुग्ने निश्चित छ । नेपालको आन्तरिक समस्या समाधान गर्न कच्चा जुट उत्पादनमा वृद्धि, खाद्य प्याकिङमा जुट बोराको प्रयोग, विगतमा भएका सहमति, सम्झौताको कार्यान्वयन हो । भारतसँगको द्विपक्षीय समस्या भनेको उसले लगाएको काउन्टर भेलिङ शुल्क फिर्ता गराउनु हो । हाल भारतले नेपाली जुट उत्पादनमा लगाउँदै आएको एन्टी डम्पिङ शुल्क खारेजी, फुड कर्पोरेसन अफ इन्डियाले खरिद गर्ने जुट ब्यागको टेन्डरमा नेपाली जुट उद्योगले समेत भाग लिन पाउने व्यवस्था नै प्रमुख हुन् । केही वर्षयता सरकार र सम्बन्धित निकायबाट जुट मिललाई उच्च प्राथमिकतामा राखी सहयोग हुँदै आएको छ । नेपालको औद्योगिक इतिहास र प्रादुर्भावसँग जोडिएको जुट उत्पादन र उद्योगलाई जीवन्त राखी उत्पादनलाई विविधीकरण गर्दै आर्थिक विकासमा योगदान पुर्‍याउन जुट उत्पादनमा जोड, जुट उद्योग सञ्चालनमा सहयोग र जुट उद्योगको संरक्षण र प्रवद्र्धन अति आवश्यक छ । यसका लागि जुट कृषक, सरकार, जुट उद्योगी र सम्बद्ध पक्षबीच आपसी सहयोग र सहकार्य भने अपरिहार्य छ ।