काठमाडाैं : नाटकघरको ढोकाबाट भित्र छिर्दै गर्दा दर्शकलाई आफू कुनै नाटक हेर्न होइन कि घुम्दै फिर्दै इतिहासको कुनै कालखण्डमा पुगे जस्तो लाग्न सक्छ। शान्त देखिने दुई पहाडका बीचमा रहेको एउटा प्रेमिल झुपडीमा पाहुना भएर गए जस्तो लाग्न सक्छ। आँगनको डिलमा बस्दा पनि किन आफूलाई स्वागत नगरिएको होला जस्तो लाग्न सक्छ, फेरि केही बेरमा धन्न स्वागत गरिएनछ जस्तो पनि लाग्न सक्छ। भर्खर समाजसँग युद्ध लडेर आएको एउटा प्रेमिल जोडी, एउटा झुपडी, भाँडोमा पाक्दै गरेको चामल र केही बेरअघि मात्रै अगेनोबाट उतार