काठमाडौं : २०५२ फागुन १ मा माओवादीले सशस्त्र जनयुद्धको घोषणा गर्यो। १० वर्षसम्म चलेको आन्दोलनमा करिब १७ हजारले ज्यान गुमाए। धेरैजना अपाङ्ग भए। कतिजना बेपत्ता भएभने कति त डरले विस्थापित हुन पुगे।
सशस्त्र द्वन्द्वको यही घटनाको सेरोफेरोमाथि आज 'युद्धका घाउ' नाटक मञ्चन हुँदैछ। द्वन्द्वको फरक-फरक मुद्दा र विषयवस्तुमा चारवटा लघु…