आयात नरोकिए चरणबद्ध आन्दोलन गर्ने केरा किसानको चेतावनी

जिल्लाका केरा उत्पादक कृषकले भारतीय केराको आयात नरोकिए आन्दोलन गर्ने चेतावनी दिएका छन् । नेपाल केरा उत्पादक सङ्घ चितवन शाखाले विज्ञप्ति जारी गर्दै भदौ २९ गतेसम्ममा भारतीय केरा आयात नरोकिए चरणबद्ध आन्दोलन गर्ने चेतावनी दिएको हो । सङ्घका अध्यक्ष माधवप्रसाद घिमिरेद्वारा जारी विज्ञप्तिमा केरामा आत्मनिर्भर बन्न लागेका कृषकलाई भारतीय केराको आयातले निरास बनाएको जनाइएको छ ।जिल्लामा ७० हजार मेट्रिक टन वार्षिक केरा उत्पादन हुँदै आएको सङ्घले जनाएको छ । भारतीय केराको आयात नरोकिए जिल्लाका केरा व्यवसायी चरणबद

सम्बन्धित सामग्री

चितवनमा केराखेतीका लागि जग्गा अभाव

चितवन। चितवनमा केराखेतीमा किसानको आकर्षण बढ्दै गएको छ । उत्पादनसँगै केराखेतीले बजार पाएपछि किसान यसतर्फ आकर्षित भएका हुन् । तर पछिल्लो समय केराखेतीका लागि जग्गा अभाव हुन थालेको छ । केराको व्यावसायिक खेतीका लागि एकै ठाउँमा ठूलो क्षेत्रफलको जग्गा आवश्यक पर्छ । जिल्लाका व्यावसायिक किसानले ५ बिघादेखि ६० बिघा क्षेत्रफलसम्ममा केराखेती गर्दै आएका छन् । बाह्रमासे यसको उत्पादन र बजार पनि राम्रो भए पनि उत्पादन वृद्धिका लागि जग्गा अभाव भएको किसान बताउँछन् । भरतपुर महानगरपालिका वडा नं २३ मा २३ बिघा क्षेत्रफलमा केराखेती गर्दै आएका किसान घननाथ महतोले पछिल्ला वर्षहरूमा चितवनमा केराखेतीका लागि जग्गा अभाव हुँदै गएको बताए । ‘उत्पादन, बजार राम्रो भएर के गर्नु ? खेती बढाउन जग्गा पाउनै सकिँदैन,’ उनले भने, ‘पाइहाले पनि जग्गा भाडा महँगो छ, एकै ठाउँमा धेरै क्षेत्रफलको पनि पाइँदैन ।’ नेपाली केराको माग, खपत राम्रो भए तापनि जग्गा अभावका कारण थप उत्पादन गर्न नसकिएको उनको भनाइ छ । जग्गा प्रशस्त भएमा बाह्रैमास केरा उत्पादन गर्न सकिने उनले बताए । ‘सिजनमा स्वदेशी केराले जेनतेन थेग्न सक्छ, तर अफसिजनमा भारतकै भर पर्नुपर्छ,’ महतोले भने, ‘उत्पादन बढाउन सके आयात गर्नु पर्दैनथ्यो ।’ चितवन केरा उत्पादक संघका पूर्वअध्यक्ष समेत रहेका उनले अहिले नेपाली बजारमा ५० प्रतिशतभन्दा बढी भारतीय केरा खपत हुने गरेको बताए । चितवनमा तीन हजार हेक्टर क्षेत्रफलमा केराखेती गरिएको छ । चितवन केरा उत्पादक संघका अनुसार जिल्लामा वार्षिक २ अर्ब रुपैयाँभन्दा बढीको केरा उत्पादन हुने गरेको छ । विज्ञहरूका अनुसार एउटै जातको केरा एकै ठाउँमा निरन्तर लगाउँदा रोग लाग्ने र उत्पादनमा ह्रास आउने गर्दछ । फरक जग्गामा माटो सुधार गरेर केरा लगाउँदा रोगको जोखिम कम र उत्पादनमा वृद्धि हुन्छ ।  जिल्लाका केरा किसान विष्णुहरि पन्तले चितवनमा केराको उत्पादन र बजार राम्रो भए पनि क्षेत्रफल बढाउन नपाएको गुनासो गरे । उनले विभिन्न ठाउँमा गरेर करीब ४० बिघा क्षेत्रफलमा केराखेती गर्दै आएका छन् । ‘उत्पादन राम्रो छ, बजारको पनि समस्या छैन,’ उनले भने, ‘तर जग्गा अभावले उत्पादन बढाउन सकिएन ।’ चितवनमा अधिकांश जग्गा खण्डीकरण, घरघडेरीमा रूपान्तरण हुँदै गएको र तरकारीखेतीमा समेत बढी प्रयोग भएकाले केराखेती विस्तार गर्न नसकिएको उनको भनाइ छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, कार्यान्वयन इकाइ अन्तर्गत चितवनमा भरतपुर महानगरपालिका, रत्ननगर, खैरहनी र कालिका नगरपालिकाका वडाहरूमा केरा जोन विस्तार भएको छ । यससँगै केराखेतीमा किसानको आकर्षण बढ्दै गएको हो । ‘केराको जोन बढेका छन्, खेती विस्तार पनि भएको छ, तर किसानले चाहे जति जग्गा पाउन कठिन छ,’ परियोजनाका सूचना अधिकारी इन्द्र ढुंगानाले भने । चितवनमा जग्गा अभाव हुँदै गएपछि पुराना किसानले छिमेकी जिल्लामा जग्गा भाडामा लिएर खेती गर्न थालेका छन् । संघका अध्यक्ष माधव घिमिरेले उत्पादन र विक्री राम्रै भए पनि जग्गा अभावका कारण केराखेतीको क्षेत्रफल विस्तार गर्न नसकिएको बताए । ‘अहिले कतिपय किसानले छिमेकी जिल्ला र पहाडी भेगमा समेत केराखेती विस्तार गर्न थालेका छन्,’ घिमिरेले भने, ‘तर पहाडी भेगमा तराईमा जस्तो राम्रो उत्पादन हुँदैन ।’ हाल चितवनमा जीनाइन, मालभोग र अष्ट्रेलियन जातको केरा लगाइँदै आएको छ । चितवनमा तीन हजार हेक्टर क्षेत्रफलमा केराखेती गरिएको छ । संघका अनुसार जिल्लामा वार्षिक २ अर्ब रुपैयाँभन्दा बढीको केरा उत्पादन हुने गरेको छ । जिल्लाका ७०० भन्दा बढी किसानले केराको व्यावसायिक खेती गर्दै आएका छन् ।’