काठमाडौँ– प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपाका महासचिव नेत्रविक्रम चन्दसहित विप्लव समूहबीच भेट भएको छ । मूलधारको राजनीतिमा आएको एक वर्ष पुगेपछि विप्लव समूहले आज प्रधानमन्त्री निवास बालुवाटार पुगेर शेरबहादुर देउवासँग भेट गरेको हो । भेटमा विप्लवले आफ्ना कार्यकर्ता रिहाको माग गरेका छन् ।