धनुषाको ढल्केवरमा ‘टेलिअफ्थाल्मोलोजी’ प्रविधिबाट आँखाको उपचार सेवा सुरु गरिएको छ । ढल्केबरमा रहेको रेयूकाई एईको मासुनागा आँखा अस्पतालले सो प्रविधिबाट आँखाको उपचार सेवा सुरु गरेको हो ।
जुम्ला – कर्णालीभरी आँखा उपचार सम्बन्धी सेवा पुर्याउन कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र तिलगङ्गा आँखा अस्पताल काठमाण्डौबीच सेवाविस्तारको सम्झौता भएको छ ।
तिलगङ्गा आँखा अस्पतालका वरिष्ठ नेत्ररोग विशेषज्ञ डा.सन्दुक रुइत र प्रतिष्ठानका उपकुलपति डा.मङ्गल रावलले सहकार्यको सम्झौता गर्नुभएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले जनाएको छ ।
वरिष्ठ नेत्ररोग विशेषज्ञ डा. रुइतले कर्णाली प्रतिष्ठान अन्तर्गतकाे आँखा विभागलाई अत्यधुनिक शल्यक्रिया सुविधाका लागि जनशक्तिका लागि तालिम र स्वास्थ्य उपकरण उपलब्ध गराउने प्रतिबद्धता जनाउनुभ...
ओखलढुङ्गा, साउन १७ । ओखलढुङ्गामा आँखा उपचार सेवा प्रभावकारी बन्दै गएको छ । जिल्ला सामुदायिक आँखा केन्द्र र गाउँपालिकास्तरमा सञ्चालित उपचार सेवा केन्द्रबाट उपलब्ध हुने सेवाबाट जिल्लाका गाउँगाउँका नागरिकले सेवा पाएका हुन् । छ महिनायता चार हजार सात सय २५ जनाको आँखाको उपचार गरिएको छ । आँखा जाँच, औषधि तथा चस्मा वितरण सेवालाई जिल्लामा सञ्चालित […]
काठमाडौँ – नेपाल आँखा अस्पतालले देशभर सेवा विस्तार गर्न स्थानीय तहको सरकारसँग सहकार्य गर्ने भएको छ । देशमा आँखाको उपचार सेवा व्यापक गर्न, दुर्गम र सुविधाविहीन क्षेत्रमा आँखा उपचार शिविर सञ्चालनका लागि स्थानीय तहसँगको सहकार्य जरुरी भएको अस्पतालको भनाइ छ । अस्पताल स्थापनाको स्वर्ण महोत्सव शुभारम्भको अवसरमा आयोजित पत्रकार सम्मेलनमा अस्पतालका अध्यक्ष गोपालप्रसाद पोखरेलले अस्पतालको […]
रसुवा– स्थानीयस्तरमै आँखाको उपचार सेवा निःशुल्क पाएपछि रसुवाका स्थानीयवासी उत्साहित भएका छन् । कालिका गाउँपालिका–२ का वडाध्यक्ष उमेशबहादुर न्यौपानेका अनुसार निःशुल्क स्वास्थ्य शिविरको माध्यमबाट तिलगङ्गा आँखा केन्द्र काठमाडौँ, सामुदायिक आँखा केन्द्र एवं रेडक्रस रसुवाले दक्षिणी रसुवाको कालिका स्थानमा मोतियाबिन्दुको शल्यक्रिया गरी ग्रामीण बासिन्दालाई सेवा दिएपश्चात् स्थानीयस्तरमा उत्साह बढेको हो । निःशुल्क स्वास्थ्य शिविरमार्फत आँखामा मोतियाबिन्दु […]
रसुवा – स्थानीयस्तरमै आँखाको उपचार सेवा निःशुल्क पाएपछि स्थानीयवासी खुसी भएका छन् । कालिका गाउँपालिका–२ का वडाध्यक्ष उमेशबहादुर न्यौपानेका अनुसार निःशुल्क स्वास्थ्य शिविरको माध्यमबाट तिलगङ्गा आँखा केन्द्र काठमाडौँ, सामुदायिक आँखा केन्द्र एवं रेडक्रस रसुवाले दक्षिणी रसुवाको कालिका स्थानमा मोतियाबिन्दुको शल्यक्रिया गरी ग्रामीण बासिन्दालाई सेवा दिएको हो। निःशुल्क स्वास्थ्य शिविरमार्फत आँखामा मोतियाबिन्दु भएका ५८ स्थानीय बासिन्दालाई […]
सङ्खुवासभा - सङ्खुवासभाको दुर्गम सिलिचोङ गाउँपालिकामा आँखा उपचार केन्द्रको स्थापना भएको छ ।
सिलिचोङ गाउँपालिका र तेजरन्त आँखा तथा कान उपचार केन्द्र खाँदबारीको संयुक्त साझेदारीमा सिलिचोङमा आँखा उपचार केन्द्रको स्थापना गरिएको हो ।
गाउँपालिकाको केन्द्र ताम्कुमा रहेकाे ताम्कु प्राथमिक स्वास्थ्य केन्द्रमा आँखा उपचार केन्द्र स्थापना गरिएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख दिपेन्द्र कुलुङले बताउनुभयो । दुर्गम ताम्कुमा सोमवारदेखि आँखा उपचार सेवा सुरुवात गरिएको छ । पहिलो दिनमा नै गाउँलेहरुको निकै भीड लागेको कुलु...
कर्णाली प्रदेश अस्पतालमा अबदेखि आँखाको उपचार पनि हुने भएको छ। आइतबार कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाहीले आँखा उपचार सेवाको शुभारम्भ गरेका छन् । सेवा विस्तारसँगै अस्पतालमा उपचार गर्न आएका बिरामीहरुको सामान्य आँखा उपचारका लागि बाहिर पठाउनुपर्ने बाध्यता हटेको छ ।अस्पतालका निर्देशक डा डम्बर खड्काका अनुसार अस्पतालमा आँखा उपचार सेवाका लागि दुई जना आँखा रोग विशेषज्ञ डाक्टरसहित तीन जनाको टिम रहेको छ । बाहिर बिरामीलाई पठाउँदा दुःख हुने गरेको थियो । खड्का भन्छन्,‘ अस्पतालमै भर्ना भएका बिरामीहरु
चितवन । भरतपुर अस्पतालमा आँखा रोगको उपचार सेवा आजबाट शुरु गरिएको छ । अस्पतालमा आँखा रोग विभागको शुभारम्भसँगै सो सेवा शुरु गरिएको छ । अस्पताल विकास समितिका अध्यक्ष डा.भोजराज अधिकारी र निमित्त प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा.जगन्नाथ तिवारीले संयुक्त रुपमा विभागको शुभारम्भ गरेका हु्न् ।सो अवसरमा अध्यक्ष डा.अधिकारीले अन्य...
११, पुस, चितवन । चितवनको भरतपुर अस्पतालमा आँखा रोग उपचार सेवा सुरु हुने भएको छ ।
अस्पतालका अनुसार यहीँ पुस महिनाभित्र आँखाको उपचार सेवा सुरु गर्न लागिएको हो । त्यसका लागि आवश्यक पर्ने सामाग्रीहरु किन्ने प्रकृया …