सङ्खुवासभाको दुर्गम सिलिचोङ गाउँपालिकामा आँखाको उपचार केन्द्र स्थापना

सङ्खुवासभा - सङ्खुवासभाको दुर्गम सिलिचोङ गाउँपालिकामा आँखा उपचार केन्द्रको स्थापना भएको छ । सिलिचोङ गाउँपालिका र तेजरन्त आँखा तथा कान उपचार केन्द्र खाँदबारीको संयुक्त साझेदारीमा सिलिचोङमा आँखा उपचार केन्द्रको स्थापना गरिएको हो । गाउँपालिकाको केन्द्र ताम्कुमा रहेकाे ताम्कु प्राथमिक स्वास्थ्य केन्द्रमा आँखा उपचार केन्द्र स्थापना गरिएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख दिपेन्द्र कुलुङले बताउनुभयो । दुर्गम ताम्कुमा सोमवारदेखि आँखा उपचार सेवा सुरुवात गरिएको छ । पहिलो दिनमा नै गाउँलेहरुको निकै भीड लागेको कुलु...